![मृत्यु](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Death_Mrityu7-2-12.jpg?fit=1062%2C449&ssl=1)
झापा । विर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव आज बिहान फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा भाडामा बस्ने घर अगाडि उनको शव फेला परेको हो ।
अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो । आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।