११ बैशाख २०८१, मंगलबार

सीमा अतिक्रमण र प्रधानमन्त्री ओलीलाई राजनेता बन्ने अवसर


सीमा अतिक्रमण र प्रधानमन्त्री ओलीलाई राजनेता बन्ने अवसर
शोभा काफ्ले खतिवडा
शोभा काफ्ले खतिवडा

हो कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो नै हो र हामीले अव अलमल नगरी हाम्रो लुटिएको भूमि फिर्ता गर्ने बेला भएको छ र यसका लागि हामीलाई बलियो आधार लुटेर लानेले नै दिएका छन त्यो पनि आफ्नो नक्सा बिना कारण हाम्रो भूमि राखी परिवर्तन गरेर र नक्साको स्वरुप परिवर्तन मात्र नगरी ठुलो पनि बनाएर जुन कार्यका लागि हामीले पनि भारतलाई धन्यवाद दिंदा हुन्छ किनभने हाम्रा भूमिका करिव साठी हजार हेक्टर बढी भूमि लुटिदा र कैयौँ पिल्लर ढल्दा हामी मौन थियौँ र धेरै पहिले प्रेमसिँह धामीले हाम्रो भूमि लुटियो भनेर संसदमा खवर ल्याउँदा हामीले नै बेवास्था गरेका थियौँ रे । तर जव यतिबेला बिना कारण छिमेकीले आफ्नो देशको नक्सा बढायो हामी सजग र सचेत बन्यौँ र यसरी बन्यौँ कि भूमि अकस्मात हिजै उनीहरुले कब्जा गरेझैँ गरी । तर अझै पनि हामी कसरी र किन यसरी अलमलियौँ त देशका महत्वपूर्ण भू-भागहरु यसरी यो प्रकारले लुटिदासम्म पनि ? यो बुझ्ने र गल्ती हाम्रै बेवास्ताका कारण भयो भनेर महशुस गर्न भने सकेका छैनौ ।

यसरी हामी न त देशमा निदाएर नै बस्यौँ भने पनि या हामी राष्ट्र विकास र समृद्दिमा युद्द स्तरमै लागेर अलमलिएको पल, समय भएपनि यो देशको भूमि एक इन्च पनि हराउनु हुन्न, लगिनु हुन्न कसैले र हामी त यतिवेला फुर्सदिला नै छौँ । देश विवेकका आँखाले हेर्न पर्छ ! देशको सुरक्षार्थ त सेना कडिकडाउको आदेश दिएर हुन्छ कि आफैँ सजग बनेर हुन्छ निगरानी,चासो दह्रो हुनुपर्यो नि। अनि छिमेकीको यो पनि कस्तो नीति त ? हामी भने हाम्रो देश भन्दा करीव भन्दा ३० गुणा ठुलो भूमि भारतको कुनै एक इन्च भूमि पनि आँखा नलाउने तर भारत भने जहिले बिभिन्न बहानामा हाम्रै भूमिमा वक्रदृष्ठि लाएर बस्ने र ब्रिटिसहरुको झैँ बिस्तारवादी नीतिको पन नछोड्ने ! कहिले के सन्धि, कहिले के बहाना ? कहिले यसै आक्रमण गर्दै यो सानो देशको पनि चोक्टा लुछ्न खोज्ने ? यस्तो पनि सहने कुरा हुन्छ र हामीले ? के हामीमा हाम्रो देशप्रति स्वाभिमान र गौरव छैन र ? यो कुरा असल छिमेकीको नाताले भारतले बुझ्न पर्दैन र ?

हामी पनि बहुमतको सरकारको सत्तासिन बनेर बसेका छौँ । देशको सीमा रक्षार्थ ब्यारेक बनाएर बसेका सेनाहरुले पनि के गरेछन बुझ्न पर्दैन र हामीले यत्रो सीमा मिचेर आफ्नो भूमि भन्दै नक्सा नै निकाल्न भ्याउँदा सम्म । जे होस गर्यो छिमेकीले गर्न नहुने काम तर हामी अव त सजग, सचेत र निक्कै बौद्दिक बनेर अघि बढ्नुपर्छ ताकी भारतले आफ्नो गल्ती महसुस गरोस् र लज्जावोध पनि गरोस । यो उसको विस्तारवादी नीतिको ! हुन त ओली सरको बहुमत प्राप्त सरकारलाई समय निक्कै अनकुल बनेको छ । यो असल र राष्ट्र हितमा काम गर्न । देशको समेत बेला र मौका राम्रो छ इतिहासमा नाम राख्न र अमर हुन ।

देशको हराएको सीमा फिर्ता ल्याई समृद्द र विशाल नेपाल निर्माणकर्ता या नायक बन्न। अनि यस पुनित कार्यका लागि मोदी सरले नेपाल बुझेकै पक्षलाई दह्रो आधार बनाएर यसै कुरालाई वार्तामा राखेर असल कुटनीतिद्वारा पनि सीमा फिर्ता गर्न सहज छ र गर्नैपर्छ गर्नुहोस । यसका लागि समय पनि कति सहज छ र कति र कहाँ कुन भाग गुम्यो त्यो छिमेकीले देखाइ दिएको छ आफ्नो नक्सामा। अनि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्वन्ध पनि यति राम्रो छ अनि उनैले मानेका देवता पशुपतिनाथ र मुक्तिनाथ धामको पावन भूमि भएकै कारण पनि यो देवभूमि उनले फिर्ता गर्ने बलियो आधार छ । यिनै विविध कारण अनि उनको देश भारत र चीनको विशाल भूमिका माझमा सानो तर सगरमाथाको विशाल शिर उठाएर बसेको असल सोझा नेपालीको देश सिमा मिचेर कता बस्लान अनि कता देला त विश्वका सामु यसो गरेर बस्न उनको नैतिकताले ।

अनि करीव इतिहासमा नै भनौ या २०१५ सालको भन्दा पनि बलियो र जनताको पूर्ण समर्थन प्राप्त गरेको सरकार छ र यति बेला र राष्ट्रिय सवालमा सबै पार्टीका मानिसको समेत समर्थन जुटेको छ । छिमेकीले सीमा मिचेका पनि पक्का हुन् । किन र कसरी के कारणले मिचे त सीमा अनि हाम्रो पनि त कमि कम्जोरी के के छन र यसै भयो या अन्य कुनै विवादहरु पनि छन ? ती सबैको साङ्गो-पाङ्गो केलाएर या डटेर अघि बढ्न सक्नुपर्छ सत्तापक्ष र प्रतिपक्ष सबैले ऐक्यबद्दता जनाएर । अनि प्रधानमन्त्री ओलीलाई पनि इतिहासले ठुलै भाग्य दिएको छ । यो सीमा विवाद सल्टाएर गुमेका भूमि फिर्ता गराउन र इतिहासकै अमर मानिस आफुसहित प्रतिपक्षलाई पनि बनाउन् तर किन भइरहेको छैन यो काम त्यो पनि यति सहज छिमेकीले नै बनाइदिएको बेलामा । आफैले हाम्रा भूमि नक्सामा देखाएको समयमा ।

राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामिलामा सबै दल र प्रमुख प्रतिपक्षी दलहरुबीच अभूतपूर्व र गौरव गर्न लायक एकता र समर्थन र साथ पनि देखिएको छ। यसरी हाम्रो बिना अनुमति बिना र हामीलाई बिना जानकारी ‘भारतको अतिक्रमणमा परेको यो भूभाग फिर्ता ल्याउने कुरामा सरकारलाई राष्ट्रि शक्तिकै साथ र समर्थन प्राप्त भएको समय छ । विलम्ब नगरौँ, धैर्य र साहसका साथ काम थालौँ र सम्पन्न पनि गरौँ । अनि सीमामा सेना राखेर, काढेतार, पर्खाल लगाएर, पिल्लरहरु दह्रो अनि बिना अनुमति कसैले छुन समेत नसक्ने गरी निर्माण गराऔँ । कालापानी, लिम्पियाधुरा र यसको मुहान लिपुलेक मात्र भारतीयहरुको अतिक्रमणमा परेको छैन यो भन्दा पनि धेरै भू-भाग अतिक्रमित भएका छन र यसलाई पनि यसै मौकामा मिलाउनु अत्यन्त जरुरी छ । सेना यो देशका गहना हुन तर तिनको काम देशको रक्षार्थ खम्बा झैँ बनेर देशको शोभा बढाउनु हो !

प्रशासनिक निगरानी पनि सीमाको सुरक्षाको लागि जरुरी छ र कुशल प्रशासकहरुले बेला-बेलामा देशका सीमाको अवलोकन जतन गर्न एकदम जरुरी छ । यति बेला सायद यो काम गरेर इतिहासले बिर्सन खोजेपनि बिर्सनै नसक्ने विभूति बन्ने सौभाग्य पो छ कि प्रधानमन्त्री ओलीको के थाहा । यसैकारण प्रतिपक्षी पनि उहाँको यस काममा पूर्ण रुपमा साथ दिने र समर्थन गर्ने भएर ऐक्यवद्दता जनाउनु भएको छ । यसरी कसैलाई पनि थिचोमिचो नगरी,कसैलाई कुन पिडा नदिई बरु सकेको सहयोग गरेर एउटा फरक आदर्श स्थापना गरेर बसेको सानो सुन्दर मुलुक देशको छातीमा ठडीएको सगरमाथाको गरिमामय उचाई झैँ उच्च विचार पनि राख्दछ । कतिपय गल्ती भएको छ सत्तासिनहरुबाट त्यो हो चिन, भारतले आफ्नो देशको सीमा कसरी प्रयोग गरे ? कसरी भारतले लग्यो थाहा नपाउनु या वास्ता नगर्नु तर जे हुनुभयो अव मिलाऊँ र बसौ रमाई । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले गरेको सीमा अतिक्रमणले प्रधानमन्त्री ओलीलाई भारतसंग मिचिएको सीमा फिर्ता गराएर नेपालको एउटा सच्चा देशभक्त राजनेता बन्ने एउटा सुनौलो अवसर समयले दिएको छ, जुन अवसरलाई प्रधानमन्त्री ओलीले सदुपयोग गर्न सक्नुपर्छ ।

*शोभा काफ्ले खतिवडा राष्ट्रवादी लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – खोजौँ मिली कता छ देश

प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ

प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर

प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !