राष्ट्रको प्रिय एक गहना म लगाई !
हिमाललाई यो शिरमा नै सजाई !!
देशका हरेक भाग छुन नि मन छ !
नेपालीको पिडा धुन कति मन छ !!१
राज्य यो हो हाम्रो मुटु भनि बुझौॅ !
यो लुछा चुॅडी पनि कहिल्यै नगरौ !!
भाग बण्डाले त देश देश नै रहन्न !
हाम्रो वीर पहिचान कायम नि हुन्न !!२
जुन यो धरा हो हामीलाई बास दिने !
यसको गरिमा हामीले नै हो बढाउने !!
यो त नेपालीको पसिनामा रमाउने !
प्राण भन्दा प्यारो जन्म धर्ती मान्ने !!३
राज्यलाई बाढेर खानु कहिले हुन्न !
सत्ताको गरिमा नबुझी जानु नै हुन्न !!
दाजु, भाई यस देशका नमिलेसम्म !
यो राष्ट्र जगतको सुन्दर बन्दै बन्दैन् !!४
जनताको घर दैलोसम्म पुग्न पर्छ !
तिनको पिडा अनि दु:ख बुझ्नु पर्छ !!
लोभ लालचलाई चितामा जलाएर !
दम्भ र अभिमान त्यागेर लौ त हेर !!५
राज्य हामीले बाढने कुरा बुझ्यौ कि ?
यो त हो ऐश्वर्य हो धनको शुभ राशी !!
प्रत्युत्तर कुन पुर्खालाई भोली दिन्छौ !
देशको भलाइमा किन अल्छि मान्छौ !!६
विछिन्न हुने हाम्रो प्रबृत्ति अब त्यागौॅ !
राज्यको सीमा मिलेर सबै जोगाऊॅ !!
शान्तिले युद्ध त जितिन्छ यो बुझौॅ !
मिलेर देशको गरिमा हामी बढाऔ !!७
यो दिब्य देशका हौॅ असल नर नारी !
गरिमा बढाऔ अव यसलाई सिङ्गारी !!
यो हिम शिखरको पहिचान गराउन् !
विश्वका पाहुना नेपालमा बोलाउॅन् !!८
सुवा
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्रीलाई पत्र – सम्मानित होस् मेरो देश
प्रधानमन्त्रीलाई पत्र – खोजौँ मिली कता छ देश
प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ
प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर
प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश
प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्
प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु
प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई
प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक
प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?
प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ
प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग
प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव
प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली
प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश
प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि