११ पुस २०८१, बिहीबार

प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ


प्रधानमन्त्रीलाई पत्र - देशलाई रक्षा गर्न बढौँ

बेला र मौका राम्रो छ इतिहासमा अमर हुन !
यो देशको हराएको सीमा फिर्ता ल्याउन् !!

असल सुझाव सल्लाह दिने मानिसको साथ लिई !
प्रतिपक्षी र साथीभाइ सारालाई साथमा साथ लिई !!

लुकेको भुमि फिर्ता ल्याएर सिमाना जोगाऊँ !
यसै गरेर सबै नै मिली देश पनि बनाएर !!

देशको मायाँ छातीमा राखी सबैले हेरौँ त !
कस्तो छ देश यसको सुन्दर स्वरुपलाई बुझौँ त !!

यो बुद्ध भूमि सिताको भूमि हो भूमि शिवको !
कृष्णको गीता कर्मयोग भन्ने भूमि नि यही हो !!

हिमवत खण्ड राष्ट्र अखण्ड पुर्खाले जोडेको !
कालापानी र लिपुलेक हाम्रो धरा देशको !!

यो देश जोड्न एकजुट बनौ मिलेर वार्ता गरौँ !
सबै मिलेर अखण्ड राष्ट्र विशाल बनाऊँ !!

हिमालबाट हरहर गरी गंगाले गीत गाउँदै !
पाहाड अनि तराई हरा, भरा अन्नले बनाउँदै !!

यो प्राण धान्ने, जीवन धान्ने जीविका चलाउने !
नेपाली सबै मिलेर बसे हिरा, सुन फलाउने !!

सिमाको रक्षा गर्नका खातिर सबै नै मिलौँ न् !
माटोको सुवास कसरी आउँछ सुँघेर बुझौँ न !!

झगडा हैन है शान्तिका वार्ता गरौँ है छिमेकमा !
आफ्नो मुलुक फिर्ता लिऊँ अनि अमर हौँ इतिहासमा !!

सल्लाह सुझाव नेपाली सारा बौद्दिक मनसित लिऊँ !
कसरी गर्ने समस्या समाधान भनेर सोध्न जाऊ !!

समस्या जटिल कुनै पनि हुन्नन् मिलेर हल गर्दा !
छिमेकीलाई यो तिम्रो गल्ति हो भनेर राम्रो सम्झाउँदा !!

यो हिन्दु राज्य बहुल धर्म बहुल जात जातिको !
सबै नै मिलौ एकडोरी बाटौँ नचुँडाऊँ शान देशको !!

हिमाली हाँसो मेची र कालीसम्म नै पुर्याऊ !
लिम्पियाधुरा लिपुलेक काली राजधानी फिर्ता ल्याऊँ !!

जतन गरौँ यो देँश हाम्रो विश्वको धुरी पो त हो !
पशुपति मुक्तिनाथले यसलाई रक्षा पो गरेको हो !!

यसको मान नराखे भोली पुर्खाले धिक्कार्लान !
सीमाना खोज्न विचरा सन्तान क कसका देश पुग्लान ???

सुवा

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर

प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !