१५ बैशाख २०८१, शनिबार

थाहा पाउनुहोस्, मुत्र-नलीमा संक्रमण हुँदा यौन सम्पर्क गर्न हुन्छ ?


एजेन्सी, मानिसको स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखा पर्ने गर्छ त्यो मध्ये एक हो यौनाङ्ग आगोले पोलेजस्तो जलन वा दुखाई हुन्छ, पिसाब पोल्ने र बारम्बार पिसाब गर्न जानुपर्छ भने यो संकेत पिसाबनलीमा संक्रमण अर्थात युरिनरी ट्र्याक्ट इन्फेक्सन (युटिआई)को समस्या हो । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार ४० देखि ६० प्रतिशत महिलाहरुलाई आफ्नो जीवनकालको क्रममा कम्तिमा पनि एकपटक युटिआईको समस्या भएको हुन्छ ।

युटिआईको समस्याबाट गुज्रिरहेको छ भने यौनसम्पर्क राख्ने बारेमा सोच्न पनि हुँदैन । विशेषज्ञहरुका अनुसार युटिआई भएको अवस्थामा यौनसम्पर्क गर्ने बारेमा सोचेको छ भने यसले संक्रमणको स्थितीलाई अझ नराम्रो बनाउन सक्छ । यसले पहिलोपटक इन्फेक्सन सुरु भएको अवस्थामै पुर्या उन सक्छ । युटिआई भएको अवस्थामा सेक्स गर्नाले पार्टनरलाई पनि संक्रमण हुन सक्छ भन्ने सोचाई गलत हो । युटिआई संक्रामक हुँदैन । तर अन्य यौनरोगहरु भने यौनसम्पर्क माध्यमले पार्टनरसम्म फैलन सक्छ । यौन सम्पर्क गर्दा तपाईको संक्रमण साथीलाई सरेको तपाईलाई लागेको छ भने युटिआई नभई क्लेमिडिया वा गोनोरिया हुन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !