१८ बैशाख २०८१, मंगलबार

के तपाईको हातमा पैसा पटक्कै टिक्दैन, यसो गर्नुहोस् पैसा टिकाउन


हातमा पैसा

काठमाडौँ । यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक, मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ । त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा विवाद ल्याएको हामीले पढेका छौ । त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् ।

तर कसैको हातमा जति धेरै पैसा भएपनि धन, पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । उनीहरुको हातमा पैसा धेरै समय पटक्कै टिक्दैन । त्यसैले ज्योतिषीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ ।

१. पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्यालो भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

२. दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

३. तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

४. चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

५. अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिषीहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !