१८ बैशाख २०८१, मंगलबार

‘हाँस्नु स्वास्थ्यका लागि लाभदायक’


श्रीमतीलाई श्रीमानले खुशी बनाउने २५ टिप्सहरु

काठमाडौँ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्याउने योग विज्ञको भनाइ छ ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने हास्य कलाकार शिवशङ्कर रिजालले बताए ।

उनी दैनिक योग गर्नुका साथै हाँस्ने गर्छन् । “म हाँस्ने योग १५ देखि २० मिनेटसम्म गर्ने गरेको छु । म देखावटी नभई मनदेखि नै हाँस्छु । यसले स्वस्थ पनि बनाउँछ”, हास्य कलाकार रिजालले भने । उहाँको दिनचर्या नै योग र व्यायाममार्फत सुरू हुन्छ ।

हाँस्दा मष्तिस्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले ‘मुड’ ठीक गर्न मद्दत गर्छ । मुड ठीक हुनुको अर्थ हो जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु । मुड ठीक हुँदा मानिसको व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवनमा सकारात्मक प्रभाव पर्छ ।

हास्य कलाकार किरण केसीले हास्य विधालाई दर्शकले रोजाइको प्राथमिकतामा राखेको बताए । “हास्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन् । देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन् । यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो”, हास्य कलाकार केसीले भने, “हाम्रो कामले एकैछिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ । त्यसैले हाम्रो काम शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !