७ बैशाख २०८१, शुक्रबार

के तपाईं प्रेममा हुनुहुन्छ ? जान्नुहोस् यस्ता छन् प्रेमका प्रकारहरु


माया

प्रेम मानव जीवनको भावनात्मक शब्द हो । यद्यपि यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । कस्ता-कस्ता दार्शनिकले पनि प्रेमको सही परिभाषा दिन अझसम्म सकेका छैनन् ।

वास्तवमा प्रेम पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्य प्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागर जस्तो हुन्छ । यसको गहिराइ नाप्न सकिदैन । त्यस्तै प्रेम आकाश जस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।

प्रेम आफैंमा एक यस्तो चिज हो, जसमा भावना र अनुभव जोडिएको हुन्छ । प्रेम यस्तो अनुभव हो जसमा मानिसहरुलाई संसार पहिलेभन्दा सुन्दर लाग्न थाल्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ मानौं उसको वरिपरि चारैतिर मात्र प्रेम छ ।

दार्शनिकका अनुसार प्रेम एक भावुक प्रतिबद्धता हो जुन कुनै व्यक्ति, समाज, देश वा प्रकृतिसँग हुन सक्छ । वैज्ञानिकका अनुसार प्रेम एक केमेस्ट्री हो । प्रेम जैविक रुपमा एक न्युरोलोजिकल स्थिति हो । धेरैजसोले भन्ने गर्छन, प्रेम अन्धो हुन्छ किनकी यसलाई नियन्त्रण गर्न सकिदैन ।

वैज्ञानिकका अनुसार झुटो प्रेम यौनइच्छा भएकोले टेस्टोस्टेरोन र ओस्ट्रोजन जस्ता रसायनहरु उत्पन्न हुन्छ । तर साँचो प्रेममा मस्तिष्कबाट अन्य रसायनको मिश्रण फेरोमोस, डोपामाइन, नोरएपिनफ्राइन, सेरोटोरिन, अक्सीटोसिन, वेसोप्रेसिन निस्कन्छ ।

मनोवैज्ञानिकका अनुसार प्रेम एक प्राकृतिक शक्ति भएकोले हाम्रो धेरै कन्ट्रोल हुँदैन् । केहि व्यक्तिका अनुसार प्रेम दुई व्यक्तिको बीच एक असाधारण सम्बन्ध हो जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ । प्रेम जति गहिरो हुन्छ त्यति नै गहिरो पनि हुन्छ ।

सद्‌गुरु भन्छन्, ‘अङ्ग्रेजी अभिव्यक्ति, फलिङ्ग इन लभ वा प्रेममा पग्लिनु सान्दर्भिक हो किनकि कोही पनि प्रेममा माथि उक्लिँदैनन् वा प्रेममा विशाल बन्दैनन् । तपाईं प्रेममा पग्लिनुपर्छ किनभने तपाईं जो हो, त्यसको केही अंश नष्ट हुनुपर्छ । तपाईंको सम्पूर्ण हिस्सा नगएपनि, कम्तीमा तपाईंको एउटा अंश समाप्त हुनैपर्छ । तबमात्र त्यहाँ प्रेम सम्बन्ध हुन्छ । तपाईं अर्काको निम्ति आफ्नो केही अंश नष्ट गर्न इच्छुक रहनुपर्छ । मूलत: यसको अर्थ यो हो कि तपाईंको निम्ति स्वयं आफूभन्दा अर्को व्यक्ति निकै बढी महत्त्वपूर्ण भएको छ ।’

के तपाईलाई थाहा छ ? प्रेम कति प्रकारको हुन्छ ? तपाईले कहिल्यै सोच्नु भएको छ कि मैले कस्तो प्रकारको प्रेम गरिरहेको छु ? पक्कै पनि हरेक मान्छेको मनमा आफूले गरिरहेको प्रेम कस्तो प्रकारको हो भन्ने जिज्ञासा उत्पन्न हुन्छ । आउनुहोस् यसवारेमा जान्ने कोशिश गरौ ।

१. नि:स्वार्थ प्रेम

यस प्रकारको प्रेममा प्रेमीहरुले कसैका लागि कुनै पनि प्रकारको द्वेष राख्दैनन् । यस्तो प्रेम जोसुकैसँग पनि हुन सक्छ । यस्तो प्रेम कुनै पनि प्रकारको दायरको बन्धनमा बाँधिएको हुँदैन । जात, धर्म वा उमेरले नै पनि यस्तो प्रेममा कुनै रुकावट ल्याउन सक्दैनन् । बौद्ध धर्ममा यस्तो प्रेमलाई ‘यूनिभर्सल लभ’ भनिन्छ । यस प्रकारको प्रेममा शान्ति र खुसी प्राप्ति हुन्छ ।

२. रोमान्टिक प्रेम

यस्तो प्रेम प्राचीन ग्रीसका प्रेमका देवता मानिने ‘ईरोश’प्रति समर्पित मानिन्छ । रोमान्टिक प्रेमलाई सबैभन्दा खतरनाक प्रेम पनि भनिन्छ । यति खतरानाक कि यो प्रेमले धेरैजसो समस्याहरु निम्त्याउँछ । यस परिभाषा अन्तर्गत विवाहेत्तर सम्बन्धलाई रोमान्टिक प्रेमको संज्ञा दिने गरिन्छ ।

रोमान्टिक प्रेमको अर्को परिभाषा पनि छ । जसमा भनिन्छ कि प्रेममा परे पछिको पहिलो अनुभव नै ‘रोमान्टिक लभ’ हो । यस प्रकारको प्रेममा परेका जोडीहरु एक दोस्रोको विना बाँच्न नै नसकिने सोच्छन् ।

३. लंगटर्म लभ

लामो समयसम्म चल्ने प्रेम नै ‘लंगटर्म लभ’ हो । प्रेममा परेर धेरै दुख, कष्ट तथा तमाम व्यवधान सहेर पनि कोही जोडी सम्बन्धमा बाँधिरहन्छन् भने उनीहरुको प्रेमलाई ‘लंगटर्म लभ’ भनिन्छ । यस प्रकारको प्रेम विवाहमा गएर परिणत हुन्छ र जीवनपर्यन्त चलिरहन्छ । यस्तो प्रेम गर्नेहरु बुढेसकालसम्म पनि एकअर्काप्रति समर्पित हुन्छन् ।

४. प्रेमिल प्रेम

यस्तो प्रकारको प्रेम बढी नै भावनात्मक हुन्छ । यस्तो प्रेम तपाईले आफ्नो साथीसँग बढी गर्नुहुन्छ । केटा होउन वा केटी विपरित लिङ्गीहरु पनि साथित्व निर्वाह गर्छन् भने त्यो प्रेमिल प्रेम हो । यस्तो प्रेममा कुनै शारीरिक आकर्षण हुँदैन । यस्तो प्रकारको फिलिङ बचपनमा भाई-बैनी तथा आमाबुवासँग पनि हुन सक्छ ।

५. चंचल प्रेम

यस्तो प्रकारको प्रेम बचपनमा हुने गर्छ । कतिपयलाई भने किशोरावस्थामा पनि चंचल प्रेम हुन्छ । यस्तो प्रेम केटाले केटी तथा केटीले केटालाई जिस्क्याएर, फ्लर्ट गरेर शुरु हुन्छ । यस्तो प्रेममा पर्नेहरुलाई लाग्छ कि पूरै संसार रंगीन छ । सबैजना धेरै खुसी छन्, कोही कसैसँग रिसाउँदैन ।

६. खाली (रित्तो) प्रेम

जब कुनै जोडी प्रेममा परेपछि पश्चाताप, दु:ख वा पीडामा हुन्छ भने यस्तो अवस्थालाई खाली (रित्तो) प्रेम भन्न सकिन्छ । बाध्यताबस प्रेमी भइरहनुपर्ने अवस्था हुन्छ भने त्यसलाई खाली प्रेम भनिन्छ । यस्तो प्रेम खासगरी विवाहित जोडीहरुमा हुन्छ, जो एकअर्काप्रति समर्पित हुँदैनन् । तर बच्चा, परिवार अथवा समाजका कारण मात्रै बन्धनमा हुन्छन् ।

७. आवेगपूर्ण प्रेम

यस प्रकारको प्रेममा मानिसहरुमा अरु कुनै पनि चिजको मतलव हुँदैन । यस्तो प्रेममा परेकाहरु पागलपनको हद पार गरेर पनि आफ्नो प्रेमी प्रेमिकालाई पाउने कोशिश गर्छन् । यस्तो प्रेममा परेका जोडीहरु जात र परम्परालाई चुनौति दिँदै एक हुन्छन् ।

यस्तो प्रेममा परेका व्यक्ति चाहन्छन् कि उनी जससँग प्रेम गर्छन् उसले पनि आफूलाई त्यति नै प्रेम गरोस् जति आफूले उसलाई गरेको हुन्छ । यस्तो प्रेममा रहेकाहरुको रिलेनशनसिमा कहिलेकाँही जलनको कारण खटपट पनि पर्ने गर्छ ।

८. स्वयंलाई प्रेम

यस्तो पनि भनिन्छ कि अरुलाई प्रेम गर्नुभन्दा पहिले स्वयं आफूलाई प्रेम गर्नुपर्छ । यसलाई साधारण भाषामा भन्नुपर्दा आफूलाई उपयुक्त लाग्ने (सुहाउने) प्रेम भन्दा पनि हुन्छ । यस्तो प्रेम गर्नेहरु आफ्नो आदर्श, आवश्यकता र भौतिक चाहनाबाट निर्देशित हुन्छन् । जस्तै: कुनै शाकाहारी केटीले शाकाहारी केटालाई नै प्रेम गर्नु यसको उदाहरणका रुपमा लिन सकिन्छ किनकी त्यहाँ सोको आदर्शले काम गरेको हुन्छ ।

९. एकतर्फी प्रेम

यस प्रकारको प्रेममा पीडाको अलावा अरु केही पाइँदैन । जसलाई प्रेम गरिन्छ त्यसलाई नै जानकारी नदिइ गरिने यस्तो प्रेममा प्रेमी तड्पिएरै पागल हुन्छन् ।
यस्तो प्रेम गर्नेहरु अक्सर साहित्यकार बन्छन् भन्ने गरिन्छ । यस्तो प्रेमबाट मानिसहरु डराउँछन् । तर यस्तो प्रेममा आधारित (वियोगान्त) कथाहरुलाई भने खुब मन पराइन्छ ।

१०. स्वार्थी प्रेम

यो त्यस्तो प्रेम हो, जो एकतर्फी प्रेमभन्दा पनि बढी खतरनाक हुन्छ । आजकल यस्तो प्रेमलाई ‘स्मार्ट लभ’ पनि भन्ने गरिन्छ । किनकी यस्तो प्रेम गर्नेहरु आफ्नो स्वार्थबाट निर्देशित हुन्छ र स्वार्थ पूरा गर्ने दाउमा हुन्छ । यस्तो भन्नु गलत नहोला कि यस प्रकारको प्रेमले ‘प्रेम’को पवित्रतालाई धुमिल बनाइदिन्छ । धेरैले स्थार्थबाट प्रेरित भएर गरिने प्रेमलाई धोकाको संज्ञा दिन्छन् । (एजेन्सीको सहयोगमा तयार पारिएको लेख)

यो पनि पढ्नुहोस्

प्रेममा परेपछि के गर्छन् केटीहरुले ? जानी राख्नुस् केटाहरुले

प्रेम चाहेर होइन आफै हुँदो रहेछ

माया के हो ?

आखिर के हो त माया ?

मनुष्यले एकले अर्कोलाई माया (Love) किन गर्छन् ?

रोमान्टिक प्रेमी र प्रेमिकाहरुको लागि केही उपयोगी टिप्सहरु

केटीले तपाईंलाई मन पराएको थाहा पाउने लक्षणहरु

साँचो माया पाएपछि यसो गर्छन् केटाहरु

माया-प्रेम होस् त ढुकुरको जोडी जस्तो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !