७ बैशाख २०८१, शुक्रबार

माया के हो ?


प्रेम दिवस
राम मगर
   राम मगर

माया दुई अक्षरले वनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । जब मानिसहरु महसुस् गर्ने शव्द खोज्न थाल्छन् । तब एकान्तमा आफै हराउछन् । मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि मायामा बाचिरहेका हुन्छन् । भनिन्छ, जाने अमृत हो नजाने विष हो ।

यो फिक्का दुनियाँमा मायाको आभासले गर्दा यो संसार मंगमगाई रहेका छन् । माया शब्द नभएको भए सायद यो संसार फिक्का हुन्थ्यो होला । विभिन्न युगमा विभिन्न विद्वानले मायाको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन् । जति मायाको परिभाषा बुझ्दै गयो त्यति यो मायाको गहिराइले हामीलाई डुबाउँदै जान्छ । मानिसहरूले भने झै माया नि:स्वार्थ छ भनौ भने माया स्वार्थ पनि भेटेको छु । प्रेममा छलकपट हुँदैन भनौ भने छलकपट गर्नेको लामै लाइन देखेको छु ।

माया ले नै कति को जीवन एकदमै राम्रो बनाई दिएको छ । तर कति को जिन्दगी नै बर्बाद पारी दिएको छ । यतिसम्म कि उनीहरु ले आत्महत्यासम्म गरेका छन् । बिचराहरु माया पाएपछि संसार नै जितेको ठान्छन । तर फेरि यसवाट धोका खाए पछी संसार वाटै हारेको महसुस गर्छन, अनि आफ्नो जिन्दगी नै बर्बाद पर्छन । उनीहरु आफ्नो जिन्दगी त् बर्बाद पर्छन, तर परिवारमा पनि धेरै नि चिन्ता पारी दिन्छन ।

माया प्रेम नै जीवनको पूर्णता हो । तर माया को साथैसाथै घृणा पनि यो जगतको शृष्टिसँगसँगै आएको भावना वा स्वभाव हो । त्यो स्वभाव पनि सबैमा हुन्छ तर घृणा हामीले केवल असत्य र अन्यायलाई मात्रै गर्नुपर्दछ । माया अथवा प्रेम विभिन्न प्रकारका उपमाहरुसँग जोडिन्छ जस्तो संसार अथवा जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नातागोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, शन्तानलाई गरिने माया इत्यादि ।

माया भनेको भित्र मनदेखि गर्नुपर्दछ । दुईदिन मिठो वोलेर कसैको जीवनमाथि खेलवाड गर्नु भनेको एकदमै पाप हो । माया भनेको पाउनु मात्र माया होइन, गुमाउनु पनि माया हो । जसरी  भगवान श्री कृष्णले हिन्दु धर्मका कथाहरूमा राधाको प्रेममा परेर १६ हजार १ सय ७ जनालाई बिहे गरे । तर, उनले चाहेको र माया गरेको राधालाई कहिलै आफ्नो बनाउन सकेनन् । भगवान शिवकै कुरा गर्‍यौ भनेपनि शतिदेवीले शिवको लागि आफ्नो देह त्याग गरिन् ।

शतिदेविको पिताले शिवको बारेमा गरेको आलोचना सहन नसकेर अग्नि कुण्डमा हाम फालेर देह त्याग गरिन् । त्यसपछि भगवान शिव आफ्नी पत्नी शतिदेविको मृत शरीर बोकेर तीनवटै लोक बौलाएर हिँडेको कथा पनि सुनेकै हौ । शेन्ट भ्यालेनटाइनले पनि प्रेमकै निम्ति आफूलाई समर्पण गरेका कारण फेब्रुअरी १४ अर्थात आजै दिन संसारभर भ्यालेनटाइन दिवस अर्थात प्रणय दिवसका रूपमा युवायुवतीले उनलाई सम्झने गरेका छन् ।

प्रेमको बलि चढेको दिनलाई सम्झेर प्रेमजोडीहरूले आफ्नो माया उजागर गर्नका लागि अहिले खुलमखुला माया दर्शाउन थालेका छन् । आजकाल जुन हिसाबले मायामा विकृति बढेको छ । कसैलाई मीठा कुरा भन्दैमा, गुलाफको फूल दिँदैमा हुदैन माया ? माया भनेको आफुले चाहेर कहिले पनि हुदैन र पाउनु मात्र होइन माया गुमाउनु पनि माया हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !