१२ श्रावण २०८१, शनिबार

प्रेम चाहेर होइन आफै हुँदो रहेछ


प्रेम
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एक जना युवा नोकरीको तलासमा शहरमा पुग्छ । शहरमा बच्पनको साथीहरुसंग भेट हुन्छ । उसले होटल मेनिजमेण्टको डिप्लोमा गरेको हुन्छ । थुप्रै होटलमा चाहर्दा पनि उसले नोकरी पाएको हुदैन ।

केहि साथीहरुसंग चिया खाँदा केहि गुण्डाहरूले कोकमा अल्कोहल मिसाएकाले गल्तीले सुन्दर केटीले पिएकी हुन्छे यो वारमा बसेको त्यो नोकरीको तलासमा हिडेको केटाले हेरेको हुन्छ । केहि समयपछि त्यो केटी त्यहाँबाट आफ्नो कार नजीक पुग्छे ।

रक्सी लागेकाले उसले कारको ढोका खोल्न सक्दिन त्यही मौका छोपेर गुण्डाहरूले केटीलाई अपहरण गरेर लगेका हुन्छन् यो देखेपछि केटा त्यो गाडीको पिछा गर्दै जान्छ । अन्तमा उसले भेटाउछ र गुण्डालाई कुटेर भगाउछ ।

रक्सीको नसा उत्रेको र केटाले आफुलाई बचाएको देखेर केटाको गालामा किस खान्छे । सुन्दर केटीले किस खाएको देखेपछि उसको मनमा प्रेम जाग्छ । समय बित्दै जान्छ केटीसंग घुमफिरमा दिन बितेको केटालाई पत्तै हुदैन तर एकदिन केटीले एउटा काड थमाउदै निमन्त्रणा आउन आग्रह गरेकी हुन्छे ।

जन्म दिनको पार्टीको खुशीमा केटीका घरवालाले छोरीको विबाहको लागि अमिर केटासंग विबाहको लागि घोषणा गर्छन् र केटाले केटीलाई र केटीले केटालाई औठी लगाई दिएको दृष्य देखेपछि केटा त्यो ठाउँ छोडेर बाहिर निस्कन्छ ।

बर्थडे पार्टीमा साथीलाई नदेखेकाले खोज्दै बाहिर आउछे । किन तिमी बाहिर आएको भन्दा केटाले केटीलाई म तिमिलाई माया गर्छु भन्छ । असलमा प्रेम केटीले अर्को केटासंग गरेको सहन नसकेकाले आई लभ यु केटाले भनेको हुन्छ ।

यती सुनेपछि केटीले म तिमिलाई साथीको नाता र मलाई बचाएको देखेकाले मात्र तिमीसित हिड्ने गरेको हु भनिछ तर केटाको मनमा केटीप्रति एकहोरो माया बसेको हुनाले त्यहाँबाट निस्कन्छ ।

केटाको जीवनमा यो भन्दा पहिलै ठूलो घटना घटेको हुन्छ बाबुआमाले मागेकी केटी विवाह मण्डबबाट अर्कै केटासंग भागेकी हुन्छे । त्यही बेला फोनको घण्टी बढ्छ त्यो फोन पुलिस चौकीबाट आएको हुन्छ । फोनमा एउटा केटीले आत्माहत्या गर्न लाग्दा बचाएर ल्याएको हुनाले केटीले पुलिसलाई केटाको नम्बर दिएकाले पुलिस चौकी पुगेर हेर्दा विवाह मण्डपबाट भागेकी केटी रहेको थाहा हुन्छ ।

त्यो केटीलाई आमा बुबाको घर सम्म छोडेको हुन्छ । जुन केटाले त्यो केटीलाई धोका दिएको हुन्छ त्यही केटाले पैसाको लालचमा किस खाने केटीलाई पनि माया जालमा फसाएको रहेछ । केहि दिनपछि केटाको माया देखेर किस खाने केटीले चाहन थालीछ ।

विवाहको मण्डपबाट केटी भागेर केटालाई भेट्न पुगेको हुनाले केटीलाई गाडीमा राखेर विवाह मण्डपमा पुराएको हुन्छ । छोरीले केटालाई नछोड्ने जस्तो देखेपछि बाबुले केटालाई एक करोड रूपयाको लालच दिएर ब्लेङ चेक छोडेर आयको हुन्छ ।

विवाद मण्डपमा बसेको केटालाई केहि समए केटाले एकान्तमा बस्न पाउने आग्रह गरेपछि सबैको अनुमति लिएर कोटातिर लगेछ । केटीको बाबुले दिएको चेकमा एक करोड रूपमा छ केटी रोज्छसकी पैसा भन्दा पैसा रोजेकाले चेक लिएर केटो बैंकतिर लागेछ । यता केटासंग विवाद सम्पन्न भइसकेपछि केटीले सवै कुरा थाहा पाएपछि खुसी भइछ ।

पहिलो केटालाई चेक थमाई दिएको केहि घण्टामै केटी पक्षले चेक क्यानसिल गरेकाले केटी र पैसा दुवै गुमाएछ । यस्ता घटना समाजमा घटि रहेकाले बाबु आमाले आफ्नो सन्तानको चाहनालाई ध्यानमा राख्न सक्नुपर्छ । छोरा होस् या छोरी दुवैको समस्या बुझ्न सके ठूलो घटना घट्नबाट जोगिन सकिनेछ । ॐ !

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !