७ बैशाख २०८१, शुक्रबार

सोंच तथा मन बदल्ने गीताका जीवनोपयोगी अनमोल २० वचनहरु


गीता जयन्ती

हिन्दू धर्मका पवित्र ग्रन्थहरूमध्ये श्रीमद्भगवद गीता एक हो । श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । हिन्दू धार्मिक अध्येताहरुका अनुसार भगवत गीतालाई सनातन वैदिक (हिन्दु) धर्मको सार मानिन्छ । यसका विचारहरु संसारका सबै मान्छे र सबै कालखण्डमा लागु हुन सक्छन् । मनुष्यको जन्मदेखि मृत्युसम्मको चक्रबारे गीतमा विस्तारमा बताइएको छ ।

गीतामा मनुष्यलाई सांसरिक माया, मोहबाट निकालेर मोक्ष प्राप्ति गर्ने सूत्र छ । महाभारतको युद्धमा श्रीकृष्णले अर्जुनसँग गरेको बार्तालापबाट गीताको रचना भएको हो । श्रीकृष्णले अर्जुनलाई पुरा संसारको यस्तो ज्ञान दिए, जसलाई अपनाएर कुनै पनि व्यक्ति परम सुख र शान्तिका साथ आफ्नो जीवन व्यतीत गर्न सक्छन् ।

तपाईको सोंच तथा मन बदल्ने श्रीमद्भगवद गीताका अनमोल २० वचनहरु निम्न अनुसार छन् :

१. मनुष्य आफ्नो विश्वासले निर्मित हुन्छ । जस्तो विश्वास गर्छ, उस्तै बन्छ ।

२. जुन चिज हाम्रो हातमा छैन, त्यसको चिन्ता गर्नुको कुनै फाइदा छैन ।

३. जो व्यक्ति हरक्षण मनमा शंका राख्छ, उसको लागि न यो संसारमा काहीँपनि चैन मिल्दैन ।

४. रिस, लोभ र वासना -यौन आशक्ति) नर्क जाने द्वार हो ।

५. जे भयो, राम्रै भयो । जे हुँदैछ, राम्रो हुँदैछ । जे हुनेछ, राम्रो हुनेछ । तिम्रो के हरायो, जसको कारण तिमी रुन्छौं । तिमीले के लिएको थियौं, जो गुमायौं ? तिमीले के पैदा गरेको थियौं, जो नष्ट भयो । तिमीले जे लियौं, यहींबाट लियौं । जे दियौं, यहीं दियौं । जुन चिज आज तिम्रो छ, भोलि अरु कसैको हुनेछ ।

६. कर्म नै धर्म हो । त्यसैले हामी कर्म गर्नुपर्छ, फल आफै मिल्छ । यस संसारमा जतिपनि मानिस सफल भएका छन्, उनीहरु कर्मकै बलमा भएका छन् ।

७. तिमी त्यही कुराका लागि शोक गर्छौं, जुन शोक गर्नका लागि योग्य छैन र फेरी ज्ञानको कुरा गर्छौं ।

८. जसले मनलाई नियन्त्रण गर्न सक्दैन, त्यो उनी स्वयम्को लागि सत्रू समान काम गर्छ ।

९. मनुष्यको मूख्य उदेश्य आनन्द प्राप्त गर्नु हुन्छ र जुन मनुष्य आफ्नो कार्यमा आनन्द खोज्छन्, तब उसले पूर्णता प्राप्त गर्छ ।

१०. क्रोधले बुद्धि नष्ट हुन्छ । जब बुद्धि नष्ट हुन्छ, तब निर्णय गलत हुन्छ । जब निर्णय गलत हुन्छ, तब मनुष्यको पतन हुन्छ ।

११. मन अशान्त, यसको नियन्त्रण कठिन छ । तर, अभ्यासद्वारा यसलाई वशमा राख्न सकिन्छ ।

१२. नराम्रो कामले तनाव पैदा गर्छ, त्यसैले सधै राम्रो सोचौं राम्रो गरौं ।

१३. आफ्नो दिलमा दयाको भावना हुँदा मनुष्यको दर्जा बढ्छ ।

१४. सधै नराम्रो खोज्ने व्यक्ति त्यही झिंगा जस्तो हुन्छ, जसलाई शुद्ध वा स्वच्छ स्थानमा छाडेपनि फोहोर ठाउँमा पुग्छ ।

१५. सधै आशक्तिले कामनाको जन्म लिन्छ ।

१६. मनुष्यले जे चाह्यो, त्यही बन्न सक्छन् । तर, त्यस इच्छालाई पूर्ण विश्वासका साथ स्मरण गर्नुपर्छ ।

१७. जुन कुरा वास्तविक छैन, त्यसबाट कहिल्यै नडराऔं ।

१८. जसले जन्म लिन्छ, उसको मृत्यु निश्चित छ । त्यसैले जे हुन्छ, त्यसमा शोक नगर ।

१९. एक ज्ञानवान व्यक्ति कहिले पनि कामुक सुखमा आनन्द लिँदैनन् ।

२०. कर्म योग एक बहुत ठूलो रहस्य हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !