७ बैशाख २०८१, शुक्रबार

यस्ता छन् माया-प्रेममा परेपछि मानिस साइको हुने कारणहरु


माया-प्रेममा परेपछि साइको

प्रेमको महिला फेव्रुअरी लागिसकेको छ । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ ।

प्रेम मानव जीवनको भावनात्मक शब्द हो । यद्यपि यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । कस्ता-कस्ता दार्शनिकले पनि प्रेमको सही परिभाषा दिन अझसम्म सकेका छैनन् ।

वास्तवमा प्रेम पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्य प्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागर जस्तो हुन्छ । यसको गहिराइ नाप्न सकिदैन । त्यस्तै प्रेम आकाश जस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।

तपाईं प्रेममा पर्नुभएको छ ? कसैलाई औधी मन पराउनुहुन्छ ? यदि त्यसो हो भने, तपाईंले अनुभूत गरेकै हुनुपर्छ कि प्रेममा परेपछि मनमा बेग्लै उथलपुथल आउँछ । जब तपाईं आफ्ना प्रेमी/प्रेमिकाको नजिकमा पुग्नुहुन्छ, तपाईंको धड्कन बढ्न थाल्छ । तपाईर्को अनुहारको भाव बद्लिन्छ । प्रेम एक भावनात्मक कुरा हो । तर यसको प्रभाव शरीरमा देखिन्छ । माया प्रेममा परेपछि मानिस साइको हुने कारणहरुको बारेमा तल बयान गरिएको छ :

१. प्रेम भाव र शरीरको भाषा

प्रेम गरिदैन, यो आफै हुन्छ अथवा प्रेम एक भावनात्मक रुपमा प्रकट हुने कुरा हो, जो स्वत-स्फुर्त हुन्छ । प्रेम भावनाको कुरा हो । मनको कुरा हो । तर, मनभित्र प्रेम अंकुराएको कुरा शरीरले व्यक्त गर्छ । भनिन्छ, मनमा प्रकट हुने प्रेम-भाव शरीरले दर्शाउँछ । अतः शरीरमा देखिने यस्ता संकेतलाई लुकाउन नसकिने भएकोले दोस्रो व्यक्तिले सहजै अनुमान गर्न सक्छ कि, तपाईंको मनभित्र उथलपुथल हुँदैछ ।

अमेरिकाको चर्चित एन्थ्रोपोलोजिस्ट तथा ह्यूमन विहेवियर रिर्सचर हेलेन फिशरले रुटगर्स विश्वविद्यालयसँग मिलेर यस विषयमा अनुसन्धान गरेकी थिइन् । उनलाई विश्वास गर्ने हो भने माया, प्रेममा न्यूरोलोजिक स्थिति उत्पन्न हुन्छ र यसको तीन चरण हुन्छ र प्रेमको प्रत्येक चरणको लागि अलग-अलग किसिकामा हर्मोन्स तथा केमिकल्स उत्तरदायी हुन्छन् ।

२. प्रेममा संसारै रमाइलो

प्रेमको सबैभन्दा धेरै असर दिमागमा पर्छ । प्रेममा रहेका व्यक्तिलाई पूरा संसारै राम्रो लाग्छ । उनीहरु जहिले पनि सकारात्मक सोच्ने गर्छन् । एक शोधले जनाए अनुसार प्रेमकै कारण प्रेमको भाव अलग अलग क्षेत्र प्रभावित हुन्छ । यो एक सकारात्मक भावना हो, जसले मस्तिष्कलाई उर्जावान् बनाइदिन्छ ।

प्रेम भएमा मुटु अरुको अधिनमा रहन्छ र प्रेममा पर्ने व्यक्तिको मुटुको धड्कन पनि अस्वभाविक रुपमा बढ्ने गर्छ । प्रेमको मार्गमा अघि बढ्ने क्रममा व्यक्तिको तनावको स्तर पनि सक्रिय रहन्छ । यसकै कारण रगतमा एड्रनेलिन तथा कोर्टिसोल हर्मोनको स्तर बढ्ने गर्छ । यो स्थितिमा व्यक्तिमा अलग किसिमको बेचैनी बढ्न थाल्छ । मानिसको मुटुको धडकन बढ्न थाल्छ ।

३. प्रेम एक बेचैनी पनि

प्रेममा पर्ने व्यक्तिहरुको रातको निद्रा पनि गायब हुन थाल्छ । लाख कोशिशका बाबजुद उनीहरुलाई पटक्कै निद्रा लाग्दैन र अनिद्राको समस्या निम्तिन्छ । उनीहरु रातभर आफ्नो प्रेमी वा प्रेमिकाको बारेमा सम्झेरै रात गुजारिदिन्छन् । अनुसन्धानहरुलाई हेर्ने भने डापामाइनको कारण अनिद्राको समस्या हुन्छ ।

यसकै कारण मानिस आफ्नो सम्बन्धको बारेमा सोचेरै मात्र पनि खुशी हुन्छ । प्रेममा तनाव हुनु पनि स्वभाविक हो । किनकी प्रेमकै कारण मानिसको रातको निद्रा र दिनको चेन हराउने गर्छ । तर शोधहरुलाई आधार मान्ने हो भने रगतमा एड्रेनलिन तथा कोर्टिसोल हर्मोनको स्तर बढ्नाले तनावको समस्या उत्पन्न हुने गर्छ । यो अवस्थामा व्यक्तिलाई बेग्लै किसिमको बेचैनी हुन्छ । जसका कारण मानिस दिनरात तनावमा रहने गर्छ ।

४. प्रेममा एकोहोरिन्छ मन

जब मानिस प्रेममा रहन्छ, तब उसले न केही देख्छ, न त कुनै कुरा सुन्न नै सक्छ । बरु ऊ दिनरात आफ्नो पार्टनरको बारेमा मात्र सोच्छ र अरु सबै कुरा बिर्सन्छ । जबकी शोधलाई आधार मान्ने हो भने यो समयमा दिमागमा डोपामाइन न्यूरोट्रान्समिटरको स्तर बढ्दछ, जसले गर्दा मान्छेलाई विर्सने रोग लाग्छ ।

प्रेमले मान्छेलाई ईष्यालु बनाइदिन्छ । त्यसैले त, तपाईको पार्टनरले अरुसित कुरा गर्दा तपाईं सहन गर्न सक्नुहुन्न र मनमा ईष्याको भावना पैदा हुन्छ । फ्लोरिडामा भएको एक शोधले जनाए अनुसार प्रेमकै कारण मानिस प्रोएक्टिभ हुन्छ, जसले गर्दा आफ्नो पार्टनरलाई अरुका साथ देख्दामात्र पनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन ।

५. प्रेममा सबै राम्रो

प्रेमको पीडा पनि मिठो मिठो लाग्ने गर्छ । उसलाई पूरै संसार नै मिठो र मायालु पाराको लाग्ने गर्छ । अमेरिकन फिजियोलोजिकल एसोशिएनद्वारा गरिएको एक शोधले जनाए अनुसार प्रेममा रहेका व्यक्तिलाई खराब स्वादको खानेकुरा दिएमा पनि मिठै लाग्ने गर्छ । प्रेममा रहेका व्यक्तिको हड्डी पनि मजबुत रहन्छ ।

अमेरिकामा भएको एक शोधले जनाए अनुसार प्रेममा रहने व्यक्तिलाई हेरचाह गर्ने मानिस साथमै रहेको हुन्छ जसले गर्दा खानपान राम्रो भएर हड्डी मजबुत हुने गर्छ । प्रेममा परेका व्यक्तिको इच्छाशक्ति पनि बेजोडको हुन्छ । त्यसैले त प्रेमिल जोडी संसारसित लड्न समेत तयार हुन्छ । इभोल्यूशन साइकोलोजीमा प्रकाशित एक शोधका अनुसार प्रेम भएमा मानिस आफ्नो प्रेमलाई हासिल गर्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्छ ।

यो समयमा मानिसको मन काममा भन्दा आफ्नो पार्टनरतर्फ धेरै लाग्ने गर्छ । जसले गर्दा जिन्दगीको अन्य सामान्य काम प्रभावित हुन थाल्छ । मोटिभेसन एण्ड इमोशन नामक पत्रिकामा छापिएको एक लेखका अनुसार प्रेमले मानिसलाई विचलित बनाई कामलाई प्रभावित पार्दछ । (एजेन्सीको सहयोगमा तयार पारिएको लेख)

यो पनि पढ्नुहोस्

प्रेममा परेपछि के गर्छन् केटीहरुले ? जानी राख्नुस् केटाहरुले

प्रेम चाहेर होइन आफै हुँदो रहेछ

आखिर के हो त माया ?

मनुष्यले एकले अर्कोलाई माया (Love) किन गर्छन् ?

रोमान्टिक प्रेमी र प्रेमिकाहरुको लागि केही उपयोगी टिप्सहरु

केटीले तपाईंलाई मन पराएको थाहा पाउने लक्षणहरु

साँचो माया पाएपछि यसो गर्छन् केटाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !