१९ बैशाख २०८१, बुधबार

सोच बदलौं, नकारात्मक विचार त्यागौं, जीवन स्वत: परिवर्तन


yoga

काठमाडौँ । व्यक्ति जस्तोसुकै किन नहोस् उसको खराब संगतले गर्दा नकरात्मक सोचको विकास सुरु हुन थाल्दछ । मानिस कुलतमा फस्न चाहदैन तर केही झुण्डहरूले उसलाई नकरात्मक सोच्न बाध्य पारेकाले उ गलत बाटोमा हिड्नाले जानी-जानी गलत गर्न थालेको हुन्छ । सन्तानकै कुरा गरौं यदि समयमै सकरात्मक विचारको विकास उसको दिमागमा घुसाउनु सकेको भए उ कुलतमा फस्ने थिएन ।

हामी जस्तो खाना खान्छौं हाम्रो सोच पनि त्यस्तै हुन्छ । कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित नभै त्यसलाई सहज बनाएर मनमा लिनुलाई सकारातमक सोच भन्ने वुझिन्छ । त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु सक्नु पर्दछ ।

सकारात्मक सोचाईको प्रतिफल पनि सकारात्मक नै हुन्छ । नकारात्मक सोचाइको प्रतिफल नकारात्मक नै हुन्छ । नकारात्मक सोचाईले मनलाई थकाउँछ र शरीरलाई गलाउँछ ।

याद गर्नुहोस, यदि तपाई एक घण्टासम्म मनमा नकारात्क भाव पैदा गरी अनि आफनो शरीरको अवस्था जाच्नुभयो भने धेरै थाकेको पाउनु हुनेछ ।

सकारात्मक हुन हामी निम्न कुराहरुमा ध्यान दिनुपर्दछ :

१.स्वास्थ्यमा ध्यान दिने ।

२. नियमित व्यायाम गर्ने ।

३. विहानको चिसो हावामा हिड्ने ।

४. कसैको इष्र्या र डाहा नगर्ने ।

५. बढि महत्वकांक्षी नहुने ।

६. आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।

७. देखासिकीमा आफ्ना आवश्यकता नबढाउने ।

समस्यालाई सानो देखेर आफुलाई त्यसप्रति ठूलो वनाइयो भने सबै भन्दा सजिलो सकारात्मक हुने उपाय रहन्छ । त्यसैले राग, द्धेष, रिस, घृणा र चिन्ता त्यागेर प्रसन्न चित्तमा रहदै सकारात्मक सोचको विकास गर्न सकियो भने शरीरमा शक्ति, बल, तेज र स्वस्थ जीवन हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !