१२ बैशाख २०८१, बुधबार

जडिबुटीद्वारा सम्ममोहन गर्ने तरिका


आँक

जडिबुटीमा पनि यस्तो शक्ति छ जसको सहयोगले जसलाई पनि मोहित पार्न सकिन्छ । यो कुरा कतिपयलाई विश्वास नहुन सक्छ । हाम्रो नेपाली भूमिमा यस्ता चमत्कारीक खालका जडिबुटी भएको तर प्रयोगविहिन देखिएको छ । आज के कस्तो समयमा मानिसलाई जडिबुटीको सहयोगबाट सम्मोहन गर्न सकिन्छ भन्ने जानकारी हुन आवश्यक छ । यदि हामीले यस्ता वस्तुको प्रयोग स्वास्थ्य क्षेत्रमा गर्न सके ठूलो उपलब्धि हुने देखिन्छ ।

आज यस्ता बस्तुलाई गलत तरिकाले प्रयोग गर्दा फाइदा होइन वेफाइदा हुने सम्भावना बढी हुन सक्छ । आज हामीले पाठकको फाइदाका लागि यहाँ केहि प्रयोग दिन गइरहेका छौं । यस्ता प्रयोगले समाजमा आफ्नो राम्रो छवि कायम हुनुको साथै विश्वासमा समेत वृद्धि हुने देखिएको छ । सम्मोहन गर्दा प्रयोग हुने औषधिहरू सिन्दूर, सेतो दूबो, नागरबेल, ब्रह्मदंडी, आँकको जरा, सिंदूर र केराको पानी, सेतो राती गेडीको पात आदिबाट कसरी एक-अर्कालाई आकर्षक गर्नेबारे जानकारी पस्कन गइरहेको छु ।

कुनै पनि काम गर्नुपुर्ब गुरू स्थापना गर्न आवस्यक छ । लेख मुताबिक सामाग्री बजारमा उपलब्ध छन् केहि जंगलबाट प्राप्त गर्न सकिन्छ । यसरी जम्मा गरेको सामाग्रीलाई आवश्याकता अनुसार के प्रयोजनका लागि हो गर्न सक्नु हुन्छ । आउनुस् अब कसरी प्रयोग गर्नेबारे जानकारी प्राप्त गरौं :

सम्मोहन लेप

१. जुन प्रयोजनको लागि तोकिएको छ त्यसका लागि चाहिने सामाग्री सेतो राती गेडीको पात र ब्रह्म दण्डीको जरालाई पिसेर लेप तयार गर्नुहोस् र यो मन्त्रले १०८ पटक जप ‘‘ॐ उडामरेश्वराय सर्व जगमोहनाय, अं आं इं ई उं ऊं ऋं ऋं फट स्वाहा ।’’ गरेर निधारमा लगाउनुहोस् देख्ने सबैले सम्मान गर्नेछन् ।

२. सम्मोहन शक्ति किन आवश्यक छ भन्ने कुरा सवैभन्दा पहिले बुझ्न आवश्यक छ । यसको माध्यमबाट घरमा हुने झै-झगडा समेत समाप्त पार्न सकिन्छ । नेतृत्व गर्ने व्यक्तिको लागि यो महत्वपूर्ण छ । यसका लागि सिन्दूर,सेतो दूबो, नागरबेलको पात ल्याएर पिस्नुहोस् र माथि लेखेको मन्त्रले १०८ पटक पढेर फुक्नुहोस् र दैनिक टिका लगाएर समाजको अगाडि उभिनु भएमा सबैले सम्मान दिनुको साथै भनेको कुरा समेत कसैले काट्ने छैनन् ।

३. हरताल र अश्वगन्धालाई केराको रसमा पिसेर लेप बनाउनुहोस् यसरी बनाएको लेपलाई उपरोक्त मन्त्र पढेर शुद्ध गरी लेपलाई लगाउनु होस् यसले तुरून्त फाइदा देखाउछ । बोलेको कुरा सवै पुग्छ । देख्ने मान्छेले तपाईलाई जे-जस्तो सहयोग चाहनु हुन्छ पुरा गर्छ । तर यसलाई गलत प्रयोग गरेमा गर्ने ब्यक्तिलाई नोक्सान गर्नेछ ।

४. आँकको जरो, सिन्दूर र केराको रसमा पिसेर लेप तयार गर्ने र माथिको मन्त्र पढेर तिलक लगाउनाले देख्ने जतिले एकपटक फर्केर भएपनि हेर्ने छन् ।

नोट : कुनैपनि काम गर्दा स्वार्थमा होइन समाज सेवाको भावनालाई उत्प्रेरित गर्दै यस्ता काम गर्नसके समाजले फाइदा उठाउन सके राम्रो हुनेछ । यो लेखलाई नजर अन्दाज नगर्नुहोला । विश्वास नहुनेले नगर्नुहोला ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !