१४ बैशाख २०८१, शुक्रबार

यस्ता छन् सन्तान नहुनुका कारणहरु


गर्भवती
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

विवाह भएको दुई बर्ष पछिसम्म पनि गर्भ नरहनुलाई बाझोपन भन्दछन् । विवाहपछि प्रत्येक दम्पतिको एउटा स्वाभाविक सपना हुन्छ, चाँडो बच्चा होस् तर चाहँदा-चाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै-कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पत्तिमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन् ।

२१ सौं शप्ताब्दीमा पनि सन्तान नहुनुलाई भगवानको श्राप वा पूर्वजन्मको फल भन्दै हेलाँ गर्ने प्रचलन समाजमा छ । झण्डै १५,२० प्रतिशत विवाहित दम्पत्तिले सन्तान सुखबाट वञ्चित हुनुपर्दा यति सुन्दर संसार उनीहरुका लागि डिप्रेसन बन्न पुगेको छ ।

आजको वैज्ञानिक युगमा आइयूआई, आइभिएफ (टेष्टट्युव बेबी), एक्सी जस्ता आधुनिक प्रविधिद्वारा कैयौं नि:सन्तान दम्पत्तिको सपना साकार हुन पुगेको छ । सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रुपमा जिम्मेवार मानिन्छन् । कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ ।

गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ । निःसन्तान हुनुको कारण निक्र्योल गर्नु जरुरी हुन्छ । छोराछोरी नभएपनि मानिसले सुखमय जीवन बिताउन सक्छन् ।

कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । युवाहरु विवाह गर्नासाथ रोजगारीका लागि विदेश गएका हुन्छन् । २ महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुन्छ । छोटो समयमै सन्तानको इच्छाका कारण चिन्ताले गर्दा सन्तान जन्माउन सकेका हुँदैनन् ।

श्रीमान-श्रीमती दुवैमा कुनै खरावी नभएपनि तनावका कारण समस्या उत्पन्न हुन्छ । कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ, ‘विवाह गरेको ४-५ वर्ष भयो, सन्तान भएको छैन ।’

यस्ता समस्या लिएर आउनेका लागि कतिपय अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको पाइन्छ । श्रीमानको शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान विदेश गईसकेपछि पनि श्रीमतीको पाठेघरमा राखी उपचार गर्ने गरेको पाइन्छ । यस्तो सिस्टममा श्रीमानको शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ ।

विदेशमा काम गर्न जाने कामदारमा शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुन्छ किनभने त्यहाँको उच्च तापक्रमले यस्तो हुनसक्छ । विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको पाइएको छ । शुक्रकीट सामान्य अवस्थामा फर्कन करीब ३ महिना लाग्ने गर्छ ।

त्यस समयसम्म उनीहरु पुनः रोजगारीका लागि फर्कुनुपर्ने भईसक्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुन सकेको हुँदैन । उनीहरूका लागि आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने हुन्छ । यस विधिद्वारा कतिपय अस्पतालमा उपचार भएको पाइन्छ ।

यस्ता छन् महिलामा गर्भ नरहनुका केहि कारणहरु

१. अण्डाशयमा अण्डा नबन्ने अथवा थुप्रै साना-साना डिम्ब बनेपनि नबढ्ने भएमा ।

२. पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा या अण्डा पकडिने काम नगरेमा ।

३. हर्मोनमा गडबडी भएमा।

४. पाठेघरको झिल्लीमा मासु बढ्नु या पानीको फोकाहरू भएमा ।

५. गर्भाशयको मुख ज्यादै सानो भएमा ।

नोट : यस्ता समस्या देखिएमा आजकाल शहरमा यस्ता अस्पताल खुलेका छन् । अनुभवी डाक्टरको परामर्श लिएर उपचार गराउन सक्नुहुन्छ । यदि श्रीमान श्रीमतीमा कुनै खराबी नभई बच्चा नबसेको भए वा असमयमा गर्भपात हुने गरेको भए ९८५७०४०२९८ मा फोन गरेर लाभ लिन सक्नुहुन्छ ।

यो पनि पढनुहोस्

महिला र सेक्सवारे उपयोगी नयाँ तथ्य सार्वजनिक

सेक्समा हुने कमजोरी र यसको उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !