१५ बैशाख २०८१, शनिबार

यौन आनन्द सबैभन्दा बढी कसलाई हुन्छ ?


माया

एकपटक महिला र पुरुष दुवैमा यौन आनन्द सबैभन्दा कसलाई बढी हुन्छ भनेर एकजना महात्मा सुकराजलाई भगले प्रश्न गरेछन् । यो सुनेपछि हामी महिला भएको भए यो कुराको जानकारी हामीलाई हुने थियो भनेपछि कुनैदिन तिम्रो मुखबाट यो कुरा सुन्न पाइने भन्दै महात्मा सुकराज त्यहाँबाट विदा भएछन् ।

एक पटक राजा भंगले सन्तान नहुँदा अग्नि देवताको आह्वानको होम गर्न लागेछन् त्यो यज्ञमा कहि कतै इन्द्रलाई नसम्झेको देखेर राजा इन्द्रलाई रिस उठेछ । राजा इन्द्रले राजा भंगलाई सराप दिने अवसर खोज्दै रहेछन् । समय वित्दै गयो यता यज्ञको प्रभावले भगलाई पाँच भाई एकदिन राजा भग सिकार खेल्न जंगल सन्तान भएछन् । लामो समय सिकार खेल्न नगएकाले जाने तयारी गरेको बेला यो कुरा इन्द्रलाई थाहा भएछ । राजा सिकार खेल्न गएको देखेर भगलाई काम वेगको श्राप् दिए । जंगलमा भडकदै बाटो बिराएर हिड्दा प्यास लागेर नदिमा पसेछन् ।

नदिमा पस्नासाथ भगको शरीर स्त्रीको हुन पुगेछ । यो देखेपछि कुन मुहार लिएर घर फर्कने भनेर वीर पुरूषसंग विवाह गरेछन् । समय बित्दै गएको भगलाई पत्तै भएनछ । ४ सन्तानको आमा भएपछि बल्ल उता राजदरवारमा पहिले नै पुरूष हुँदा पाँच सन्तान भएको सम्मझना आएकाले स्त्रीको रूपमै राजदरबार फर्किए पाँच सन्तानलाई साथै लिएर बाबुहो मैंले पाएका यी चार सन्तान पनि तिमीहरुका भाइ हुन भनेपछि सवैलाई मिलाएर राखेछन् ।

यता इन्द्रलाई बदला लिने सोचले ब्राह्मणको भेषमा राजा भगको दरबारमा पुगेर दुवै सन्तानलाई लोभ-लालच देखाएर भाई-भाइको लडाई गराएर मारी दिएछन् । यो देखेपछि पुन ती माहात्मालाई भेट्न राजा भग पुगेछन् । हे प्रभु मेरा सवै सन्तान समाप्त भए मेरा सन्तान मध्य स्त्री हुँदा पाएको जेठो छोरालाई बचाई दिनुस् भनेपछि बल्ल ती महापुरुषले ती भगलाई सोधेछन् तिमि पुरूष हुँदा पाएको सन्तान भन्दा स्त्री भएर जन्माएको सन्तानप्रति यत्रो माया किन भनेर सोधेपछि स्त्री पुरुषको तुलनामा धेरै अगाडी रहेछन् जुन आनन्द मैंले स्त्री भएर उठाउन पाए त्यो आनन्द पुरुष भएर उठाउन सकिने रहेनछ भनेछन् ।

राजा भगलाई अर्को प्रश्न गरेछन् ल ठिकै छ तिमीले पाएको सन्तान नै बचाई दिने भए तर तिमी पुरूष बन्नेकी स्त्री नै बनिरहने भनेपछि म स्त्री नै बनि रहने छु किनकी स्त्री सुख जस्तो सुख मैंले एउटा पुरूष भएर उठाउन सक्ने छैन भनेर जवाफ दिएछन् । यो धर्तीमा स्त्री भएर जन्मनु पनि ठूलो भाग्य हो । यस्तो भाग्य कहाँ सम्भव छ यो युगमा । एउटा स्त्रीले कामना गर्दैमा पुरूष बन्न सक्दैन यो कटु सत्य हो एउटा पुरूष पनि स्त्री बन्न सम्भव छैन ।

यहाँ कसलाई बढी आनन्द आउछ भन्ने कुरा यो कथाले प्रष्ट पारेको देखिन्छ । आज यो धर्तीमा यदि महिला नभएको भए यो धर्तीमा मानवको अस्तित्व समाप्त हुने थियो तर आज महिला माथि कुदृष्टि राख्नेहरु धेरै भइसकेका छन् । यसले एउटा कुरा के जनाउछ भने स्त्रीका थुप्रै रूप हुने गरेका हुन्छन् त्यसमध्ये सबैभन्दा ठूलो रूप भनेको आमाको हुन्छ जसले हामीलाई स्त्री बनेर आज यो धर्तीमा उतार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ उहाँलाई कोटी कोटीको नमन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !