७ बैशाख २०८१, शुक्रबार

यौन सन्तुष्टि औषधिको सेवनले होइन निरन्तरताबाट प्राप्त हुन सक्छ


यौन स्वास्थ्य

हरेक व्यक्ति होस् या पशु यौन स्वास्थ्य आवश्यक छ । आजकाल पुरूष बर्गमा यौन शक्ति हराएको औषधिको सेवनले समेत फाइदा नभएको गुनासाहरु आय दिन सुन्न थालिएको छ । एक जना महिला दिदीले पुरूषमा यौन उत्तेजना नहुने खालको औषधि भइ दिए यौन हिँसाका घटना कम हुने थियो भन्नुभयो यो पनि एउटा समस्या हो ।

आजकाल यस्ता घटना हुन नदिन सबैभन्दा पहिले खुलेआम लागुपदार्थ बिक्रीमा रोक लगाउनु पर्ने हो तर यस्तो हुन सक्दैन किनभने सबैभन्दा बढी कर यसैबाट सरकारलाई प्राप्त हुने गरेको छ । हरेक घरमा यो समस्या देखिन थालेको छ । जाँडरक्सीले थुप्रै नेपालीको घर बर्बाद भइसकेको छ ।

आजको लेखमा मैंले यौन उत्तेजना बढाउने औषधी होइन पौष्टिक आहारबाट कसरी स्वास्थ्य लाभ लिन सकिन्छ भन्ने कुरामा विशेष जोड दिने कुराबारे प्रकाश पार्ने जमर्को गर्दैछु । यस्ता खाद्य पदार्थमा हामीले ज्वानोलाई लिएका छौं । सहि समयमा खाना खाने सकेसम्म अनिदो नबस्ने । फलफूलको सेवन गर्ने । फलफूलको जुस सेवन गर्ने गरेमा पनि यो समस्या त्यसै हल हुने गर्दछ।

पसुमा सबैभन्दा बढी सेक्स गर्ने भगेरालाई लिएको छ तर उसले खाने खानेकुरा सामान्य हुँदा-हुँदै उष्मा यति धेरै शक्ति किन भयो भन्ने प्रश्न ? हरेकले बुझ्नु पर्ने छ । यदि कुनै व्यक्तिले दैनिक यौन चाहना राख्छ भने उष्मा प्राकृतिक हिसाबले यौन शक्तिमा वृद्धि हुदै जान सक्छ । यउटा लेखमा मैंले पढेको थिएँ यदि कुनै पुरुषले यौन चाहना राख्दैन भने उसको यौन क्षमता त्यसै समाप्त हुदै जानेछ ।

स्वस्थ रहन जति खानपानको आवश्यक छ त्यो भन्दा बढी यौन सन्तुष्टि हुन आवश्यक छ । हामीले खाने खानाको सम्बन्ध पेटसंग गाँसिएको छ भने सेक्स उत्तेजना मस्तिष्कसंग जोडिएको छ । यदि हामीले यौन सुख प्राप्त गर्न दिमागलाई विषेश जोड दिन सकेमा कुनैपनि औषधिको आवश्यकता नहुने देखिएको छ । यो कुराको अनुसन्धान हामीले विगत लामो समयसम्म व्यक्तिहरूद्वारा पाइरहेका छौं ।

आजकाल बजारमा सेक्सको उत्तेजना बढाउने औषधी बढी बिक्री हुने गरेको हामीले पायका छौं यसले फाइदा होइन वेफाइदा हुने कुरामा दुईमत छैन । सेक्सलाई निरन्तरता गर्नु भएको खण्डमा सवै समस्या हल हुनेछ । मेरो उद्धेश्य औषधि नखाइकन समस्या हल होस् भन्ने रहेको छ । यस्ता विषयमा अधिक जानकारी चाहिएमा कमेन्ट गर्न सक्नुहुनेछ । हामीले थुर्पै परिवारलाई औषधि सेवन नगरी परामर्शको माध्यमबाट ठिक गर्न सफल भएका छौं ।

सेक्स कमजोर हटाउन खाने औषधिहरु र फलफूलहरु

१. दूधमा अश्वगन्धाको चूर्ण आधा चम्चा हालेर बिहान र बेलुकी खाने गर्नुपर्छ । यसले यौन शक्ति बढाउनुका साथै शीघ्र पतनको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

२. शुद्ध शिलाजीत भएसम्म सिहदर्बार वैद्य खानाको १ क्यापसुल दिनमा २ पटक दूधसंग खाने ।

३. आधा चम्चा प्याजको रस, आधा चम्चा मह र आधा चम्चा मिस्री मिलाएर बिहान र बेलुका खाने गर्नाले यौन क्षमता वृद्धि हुन्छ ।

४. अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौन अंगमा रक्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा कामोत्तेजना थप बढाउने गर्दछ ।

५. Virilex Dragees दिनमा २ पटक दुधसंग खाने यसले सेक्स पावर क्रमश: बढाउदै जान्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !