११ बैशाख २०८१, मंगलबार

महिलामा एण्ड्रोस्टेरोन हर्मोन कम भएमा के समस्या हुन्छ ?


महिला

काठमाडौँ । महिलामा एण्ड्रोस्टेरोन हर्मोन कम हुन गएमा सेक्समा रूचि नहुन सक्छ । सेक्स अत्यावश्यक छ तर त्यही सेक्सले सीमा नाघ्न थालेमा महिलाको स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ । केहि दिन पहिले एकजना महिलाले आफ्नो समस्या बताउँदै भन्नुभयो, ‘मेरो श्रीमानमा सेक्स चाहना ज्यादै बढेकाले यसको समाधान के हुन सक्छ ।’

महिलामा सेक्समा रूचि कम हुनु र पुरुषमा बढी हुनुको पछाडिको कारणबारे त्यति खोजीनीति गरेको पाईदैन । हामीले यस विषयमा एउटा अध्ययन गरेअनुसार पुरूषलाई खुसी पार्न मात्रै सेक्स गर्ने गरेको धेरै पाइएको छ । यसको पछाडिको मुल कारण महिलाको स्वास्थ्यमा राम्रो देखभाल नभएको हुन सक्ने हाम्रो आंकलन रहेको थियो ।

यौन सन्तुष्टि पुरा नहुनाले पनि कतिपय अवस्थामा रूचि नहुनुको एउटा प्रमुख कारण भएको हुन सक्छ । पुरूष चाडो स्खलन हुने तर महिला भने नहुने भएकाले कतै यसको प्रमुख कारण यो त होइन भन्ने रहेको छ । हामीले हरेक पुरुष ज्यातर बाहिर बस्ने र आफूहरु मात्र पौष्टिक खाना खाने तर महिलाले भने नखाने गर्दा महिला कमजोर हुनुको परिणाम यो हुनसक्ने निस्कर्ष हाम्रो रहेको थियो ।

केही महिलामा हर्मोन असन्तुलनले गर्दा यस्तो समस्या निम्त्याउन सक्ने हुन्छ । आजको लेखमा यस्ता महिलाले कस्तो खाना खाने कस्तो औषधि सेवन गर्नाले यसको समाधान सम्भव छ भन्ने कुरा जान्न आवश्यक छ । ज्वानोमा एण्ड्रोस्टेरोन पाइन्छ जसको कमिले गर्दा सेक्समा अरूची हुन सक्छ । एण्ड्रोस्टेरोन एउटा सेक्स हर्मोन हो यसको अभाव यदि महिला हुनाले यस्तो समस्या देखिएको हुन सक्छ ।

हाम्रो भान्सामा प्राय: ज्वानो हुने गरेको हुन्छ । हामीले बच्चा जन्मेको बेला सुत्केरीलाई दुग्ध उत्पादनको लागि ज्वानोको काढा पकाएर दिने चलन छ । ज्वानोमा पौष्टिक तत्व हुने हुनाले दुग्ध उत्पादनमा ठूलो भूमिका यसले निर्वाह गरेको छ भने यसले ताकत दिने काम पनि गर्दछ । हाम्रो भान्सामा अटाउने ज्वानो दैनिक हरेक सब्जीमा राखेर खाने गर्नाले राम्रो फाइदा गर्दछ । ज्वानोलाई पिसेर पाउडर बनाएर खान पनि सकिन्छ ।

महिलाको स्वास्थ्यमा राम्रो सुधार हुनेछ । यसका लागि हामीले तल केही औषधि सिफारिस गरेका छौं ।

१. अशोगन्धा क्याप्सुल १ क्याप्सुल दिनमा २ पटक खाने।

२. शिलाजीत क्याप्सुल १ क्याप्सुल दिनमा २ पटक खाने ।

३. यार्सा सिरप १५ मिलि दिनमा दुई पटक खाना पछि खाने ।

४. ज्वानोलाई पिसेर पाउडर बनाएर दिनमा २ पटक काँढा पकाएर खाने ।

५. पुरूषमा अत्यधिक सेक्स रोक्न १५ दिन जति निमको पातको काढा पिउने गर्नाले यो समस्या हल हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !