१२ श्रावण २०८१, शनिबार

महिला र यौन स्वास्थ्यको बारेमा रोचक जानकारी


कोठी

यौन र स्वास्थ्यबारे जानकारी हुन अति आवश्यक छ । हाम्रो समाजमा यस्ता विषयमा त्यति चासो दिएको पाइदैन । तर महिला र यौन स्वास्थ्यको बारेमा जानकारी भएमा यौनप्रतिको उत्सुकता बढेर जान थाल्दछ । महिलामा १२–१३ वर्ष र पुरुषमा १४–१५ वर्षदेखि यौन अंगको विकास सुरु भएको पाइन्छ ।

तर यौनका विषयमा आवश्यक जानकारी र डाक्टरको परामर्श हुनु अति नै आवश्यक छ । यौन एक मनोवैज्ञानिक विषय हो । हामीले हाम्रो सोचलाई परिवर्तन गरी यौन इच्छा बढाउन वा घटाउन सकिन्छ ।

यौन अत्यन्त गोप्य राख्दा अनेकौं मनोवैज्ञानिक समस्या आउन सक्छ । यसर्थ आवश्यक ठाँउमा कुरा मिल्नेहरुसंग यस विषयमा कुराकानी गर्नु राम्रो मानिन्छ । कुरा सेयर नगर्ने खालका बानी व्यवहार पुरुष र महिला दुवैमा पाइन्छ ।

केही पूरुषहरु आफ्ना साथीहरुसंग यौनका विषयमा खुलेर कुरा गर्न सक्छन् भने महिलाहरुमा यो अनुपात एकदमै कम हुन्छ । कति नेपाली महिलाहरुलाई त यौन अंग र यसका कामबारे धेरै जानकारी पनि नहुन सक्छ । यौन सुख प्राप्त हुन दुबैको उत्तिकै लगाव र इच्छाशक्ति हुनु आवश्यक छ ।

सामान्यतया: मन आनन्द हुदाँ मानिसमा यौन चाहना बढ्ने र मनमा तनाव हुँदा यौन चाहना घट्ने हुनु स्वभाविक नै हो । यसर्थ यौनबारे सम्झना गरिरहँदा अर्थात यौनका परिकल्पनाहरुमा मनको तनाव घट्छ ।

महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुँदैन । जतिबेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ । त्यसैले पूरुषहरु हरेक पल कामुक भईरहन्छन् पनि भनिन्छ ।

महिलाहरुका लागि सेक्स गर्नुका निकै फाइदाहरु छन् । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन । महिलाहरुका लागि सेक्स किन आवश्यक छ । आजको यो अंकमा महिलाहरूलाई सेक्सबाट कति फाइदा रहेछ भन्नेबारे प्रकाश पारेका छौं ।

यस्ता छन् सेक्सबाट महिलालाई हुने केहि फाइदाहरु

१. नियमित सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ ।

२. नियमित सेक्स गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ । सेक्स एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रतिघण्टा १७० क्यालोरी घट्ने गर्दछ ।

३. तनावले धेरैजसो महिलालाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।

४. सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्दछ ।

५. यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुछ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !