१४ बैशाख २०८१, शुक्रबार

अत्याधिक यौन उत्तेजनालाई घटाउने अचूक औषधि जेठी मधु


जेठी मधु

यौनका कुरा गर्दा कतिपय अवस्थामा यसलाई नकारात्मक रूपमा लिने गरेको पाइन्छ । समय परिवर्तित छ । यो समयमा यस्ता विषयमा विषेश चासो दिनुपर्ने हुन्छ । यौन उत्तेजना बढि हुनाले समाजमा यसको असर बढी हुने गरेको छ । आजकाल यस्ता घटनामा बृद्धि भएको छ ।

यस्तो समस्या हाइपरसेक्सुएलिटी (Hypersexuality) वा निम्फोमेनिया (Nymphomania) को असरले गर्दा यस्तो समस्या देखिन्छ । यस्तो समस्या भनेको गम्भीर समस्या हो । यसले जस्तोसुकै परिस्थिति सिर्जना उत्पन्न गराउन सक्छ ।

यस्तो हुनुको पछाडि द्विध्रुवी विकार (Bipolar Disorder ) वा एड्रेनल क्यान्सर (Adrenal Cancer) पनि हुन सक्छ । यदि समाजमा यस्तो समस्या देखिएमा तुरुन्त डाक्टरलाई देखाइ औषधी उपचार गराउँदा ठिक हुनेछ ।

समाजमा यस्ता समस्या आएदिन बढ्दै गरेको हामी पाउँछौं । उदाहरणको लागि बाबुले छोरी नभन्ने, दाइले बहिनी नभन्ने जस्ता क्रियाकलाप हामी देख्न सकिन्छ । यो एउटा रोग पनि हो यसको उपचार हुन आवश्यक छ ।

आजको यो लेखमा हामीले यसै विषयमा गहिरिएर पाठकलाई सिकाउने प्रयत्न गर्ने छौं । यस्ता समस्या देखिएमा कस्तो डाक्टरको पास जाने भन्ने जिज्ञासा जाग्नु स्वभाविक हुन सक्छ । यस्तो समस्या देखिएमा मनोचिकित्सक (Psychologist) संग परामर्श लिन सकिनेछ ।

यो लेख केही महिला दिदीबहिनीको आग्रहमा लेखेको छु । यो लेखमा हामीले घरेलुु औषधिबारे पनि प्रकाश पार्ने छौं । जेठी मधु (लिकोरिस) मा ग्लाइसीरिजिक (Glycyrrhizic) एसिड नामक यौगिक पाइन्छ ।

जेठी मधु (लिकोरिस) को जराको स्वाद विषेश प्रकारको हुन्छ । यसलाई सेवन गर्दा टेस्टोस्टेरोनको उत्पादन घट्ने हुन्छ । यसले गर्दा यौन इच्छा कम हुने गर्दछ । एउटा अध्ययनले यो कुराको पुष्टि गरेको छ । अध्ययनकै क्रममा लगातार चार दिनसम्म यो औषधि सेवन गराउदा टेस्टोस्टेरोनको स्तर २४ प्रतिशत सम्म घटेको पाइएको थियो ।

अर्को रोचक जानकारी पनि हामीले प्राप्त गरेका छौं, त्यो जानकारी सुन्दा सायद अचम्म लाग्न सक्छ । घरको भान्सामा खाने गर्दा यौन उत्तेजना बढाउने हुन्छ भने बाहिरको तारेका भुटेका बस्तुले यौन उत्तेजना कम हुने बताइएको छ ।

हस्तमैथुन गर्ने पुरुषमा पनि यौन उत्तेजना बढि हुने गरेको हुन्छ । यस्ता समस्याबाट बच्न हस्तमैथुन नगर्ने । यस्ता पुरूषको हकमा पनि यो लागु हुने रहेछ । उत्तेजित खालका खानपानमा विशेष ध्यान दिनु भयो भने पनि यो समस्या हल हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !