२४ बैशाख २०८१, सोमबार

सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्थालाई टुलुटुलु हेरेर बस्न सक्दिन : गृहमन्त्री लामिछाने


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।

आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा गृहमन्त्री लामिछानेले सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने गरी काम गर्ने बताए ।

उनले सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले धन्यवाद दिए । सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेस गरेका थिए । मन्त्रिपरिषद् बैठकले उक्त समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !