काठमाडौं । भावी राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न चार दलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न चार दलको बैठक जारी रहेको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक जारी बैठकमा अन्य तीन दलका नेताहरू पनि बालुवाटार पुगेका छन् ।
बालुवाटारमा जारी बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीबाट अब्दुल खाँ मिसिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सकिएर ओली बाहिरिएपछि चार दलका नेताहरु बैठकको लागि बालुवाटार प्रवेश गरेका थिए । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डसँग कुरा नमिलेपछि ओली बाहिरिएका थिए ।
निर्वाचन अघिको गठबन्धनका चार दलले राष्ट्रपतिको उम्मेदवार आजै टुंग्याउन छलफल जुटेका हुन् । चार दलहरुले आ-आफ्नो पार्टीमा आन्तरिक छलफल गरेपछि पुन: बैठक बसेको हो । आज शुक्रबार बिहान पनि बालुवाटारमा बसेको चार दलको बैठक सकारात्मक भएको थियो । बिहानको बैठकमा राष्ट्रपतिको उम्मेदवारमा विभिन्न विकल्पहरुमा गहनतम छलफल भएको थियो ।
बालुवाटारमा तीन घण्टा भन्दा बढी भएको बैठकमा कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेतापनि कांग्रेस बाहिरबाट बन्ने उम्मेदवारलाई पनि सघाउनुपर्ने प्रस्ताव अन्य दलले राखेपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । राष्ट्रपति पदको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले आन्तरिक तथा दलीय छलफललाई तीब्रता दिएका छन् ।
यो पनि पढ्नुहोस्
राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न बालुवाटारमा चार दलको बैठक जारी
बालुवाटारबाट बाहिरिए ओली, प्रचण्डसँग कुरा मिलेन
कांग्रेस प्रवक्ताको दावी : राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबै दलको समर्थन रहन्छ
पुस १० मै टुंगो लागिसकेको राष्ट्रपतिमा एमालेले नै उम्मेदवार दिन्छ : अध्यक्ष ओली
राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपाले बाजी मार्ने प्रवल सम्भावना
चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत
चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने