११ बैशाख २०८१, मंगलबार

पुस १० मै टुंगो लागिसकेको राष्ट्रपतिमा एमालेले नै उम्मेदवार दिन्छ : अध्यक्ष ओली


प्रधानमन्त्री ओली संसद भवन फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत पुस १० गते नै टुंगो लागिसकेको एमालेले नै राष्ट्रपतिमा उम्मेदवार दिने जिकिर गरेका छन् । आज शुक्रबार संघीय संसद भवन वानेश्वरबाट बाहिरिने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दावी गरेका हुन् ।

यद्यपि सत्ता गठबन्धनमा खटपट देखिएर चुनावअघिको गठबन्धन ब्युँताउने सहमति भएको बारेमा पत्रकारले राखेको जिज्ञाषामा उनले अरु घटनाक्रम आफूलाई थाहा नभएको बताए ।

आज बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच चुनावअघिको पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपाले बाजी मार्ने प्रवल सम्भावना

चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत

चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !