१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारबाट बाहिरिए ओली, प्रचण्डसँग कुरा मिलेन


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बालुवाटारमा फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सकिएको छ । एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् ।

राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डसँग कुरा नमिलेपछि ओली बाहिरिएका हुन् । एमाले अध्यक्ष ओलीले गत १० गतेको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने अडान लिएपछि कुरा नमिलेको हो ।

यद्यपि प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने तर्क ओलीसँग गरेका थिए । केही दिनअघि मात्र एमाले अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारको लागि प्रस्ताव गरेका थिए ।

तथापि प्रधानमन्त्री प्रचण्ड नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाएर काँग्रेसलाई राष्ट्रपति दिएमा आफूलाई सहज हुने निष्कर्षमा पुगेका छन् । नेपाललाई राष्ट्रपति बनाएमा नेकपा एसको एमालेसँग एकीकरण भएर ठूलो दल भएमा आफू कम्जोर हुने प्रधानमन्त्री प्रचण्डको बुझाई रहेको छ ।

आज बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच चुनावअघिको पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो ।

यो पनि पढ्नुहोस्

कांग्रेस प्रवक्ताको दावी : राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबै दलको समर्थन रहन्छ

पुस १० मै टुंगो लागिसकेको राष्ट्रपतिमा एमालेले नै उम्मेदवार दिन्छ : अध्यक्ष ओली

राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपाले बाजी मार्ने प्रवल सम्भावना

चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत

चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !