६ बैशाख २०८१, बिहिबार

राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपाले बाजी मार्ने प्रवल सम्भावना


रामचन्द्र पौडेल र उपेन्द्र यादव

काठमाडौँ । चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत भएसंगै राष्ट्रपति पद नेपाली कांग्रेस र उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा) नेपालले बाजी मार्ने प्रवल सम्भावना बढेको छ ।

आज शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दल प्रमुख प्रतिपक्षी दल कांग्रेस, सत्तारुढ दल माओवादी केन्द्र, जसपा नेपाल र नेकपा (एकीकृत समाजवादी) को बैठकमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएसंगै राष्ट्रपति र उपपराष्ट्रपतिबारे यी दल सहमति नजिक पुगेका हुन् ।

उपराष्ट्रपति जसपाले पाउने निश्चित भएको छ भने राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीको दाबी कायमै रहेपनि कांग्रेसले नै राष्ट्रपति पाउने सम्भावना बढेको हो । भावी राष्ट्रपतिमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जसपका अध्यक्ष उपेन्द्र यादवले पाउने बलियो सम्भावना रहेको छ ।

आजको बैठकमा चार दलका नेताहरुबीच चुनावअघिको पाँचदलीय गठबन्धन ब्यूँउताउने, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका बारेमा साढे तीन घण्टा गहनतम छलफल भएको हो । आजको बैठकमा नेपाली कांग्रेसका नेताहरुले शक्ति बाँडफाँडको बारेमा खाका पेस गरेकोमा राष्ट्रपति कांग्रेसले लिने, प्रधानमन्त्रीमा माओवादीले चार वर्ष र समाजवादीले एक वर्ष प्रधानमन्त्री चलाउने उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत

चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने

चार दलको बैठक सकियो, साँझ ५ बजे पुन: बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !