६ बैशाख २०८१, बिहिबार

कांग्रेस प्रवक्ताको दावी : राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबै दलको समर्थन रहन्छ


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सबै राजनीतिक दलको समर्थन रहने बताएका दावी गरेका छन् ।

आज शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले भावी राष्ट्रपति निर्वाचनमा सबै दलहरूसँग सकारात्मक रूपमा छलफल जारी रहेकोले कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने विश्वास व्यक्त गरेका हुन् ।

प्रवक्ता महतले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आएतापनि कांग्रेसले साथ दिने बताए । उनले एकीकृत समाजवादीसँग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई साथ दिने बताए ।

आउँदा दिनमा माधव नेपाललाई अवसर दिन कांग्रेस तयार रहेपनि अहिले राष्ट्रपति काँग्रेसबाटै हुने उनले दावी गरे । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सकारात्मक छलफल भएको र साँझ पुनः बस्ने बैठकले यस विषयमा निर्णय गर्ने बताए ।

यो पनि पढ्नुहोस्

पुस १० मै टुंगो लागिसकेको राष्ट्रपतिमा एमालेले नै उम्मेदवार दिन्छ : अध्यक्ष ओली

राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपाले बाजी मार्ने प्रवल सम्भावना

चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत

चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !