१४ बैशाख २०८१, शुक्रबार

चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने


गगन थापा

काठमाडौँ । निर्वाचन अघिको गठबन्धनका चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने भएका छन् । भावी राष्ट्रपतिबारे छलफल गर्न चार राजनीतिक दलका शीर्ष नेताहरुको बैठक आजै साँझ ५ बजे पुन: बस्ने भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु बैठकमा सहभागी भएका थिए । चार दलहरुले आ-आफ्नो पार्टीमा आन्तरिक छलफल गरेपछि बैठक आजै साँझ ५ बजे पुन बस्ने भएको हो ।

बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार चयनका लागि शुक्रबार बिहानैदेखि बालुवाटारमा बसेको चार दलको बैठक सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार आजको बैठकमा राष्ट्रपतिको उम्मेदवारमा विभिन्न विकल्पहरुमा गहनतम छलफल भएको छ ।

बालुवाटारमा तीन घण्टा भन्दा बढी भएको बैठकमा कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेतापनि कांग्रेस बाहिरबाट बन्ने उम्मेदवारलाई पनि सघाउनुपर्ने प्रस्ताव अन्य दलले राखेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु बैठकमा सहभागी भएका थिए ।राष्ट्रपति पदको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले आन्तरिक तथा दलीय छलफललाई तीब्रता दिएका छन् ।

यो पनि पढ्नुहोस्

चार दलको बैठक सकियो, साँझ ५ बजे पुन: बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !