१५ बैशाख २०८१, शनिबार

चार दलको बैठक सकियो, साँझ ५ बजे पुन: बस्ने


प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं । भावी राष्ट्रपतिबारे छलफल गर्न बसेको चार राजनीतिक दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार राजनीतिक दलका शीर्ष नेताहरुको बैठक आजै साँझ ५ बजे पुन: बस्ने भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु बैठकमा सहभागी भएका थिए । चार दलहरुले आ-आफ्नो पार्टीमा आन्तरिक छलफल गरेपछि बैठक आजै साँझ ५ बजे पुन बस्ने भएको हो ।

राष्ट्रपतिको उम्मेदवार चयनका लागि शुक्रबार बिहानैदेखि बालुवाटारमा बसेको चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापाले आजको बैठकमा राष्ट्रपतिको उम्मेदवारमा विभिन्न विकल्पहरुमा गहनतम छलफल भएको बताए ।

राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेको समयमा छलफल जारी रहेको बेला प्रधानमन्त्री निवासमा पुरानो गठबन्धनका नेताहरु छलफल भएको हो । राष्ट्रपति पदको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले आन्तरिक तथा दलीय छलफललाई तीब्रता दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !