७ बैशाख २०८१, शुक्रबार

चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत


प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौँ । चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत भएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलको बैठकमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको चार दलमध्ये एक पार्टीका एक नेताले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच चुनावअघिको पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो ।

गत बुधबार साँझ कांग्रेस र माओवादी केन्द्रबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि हिजो प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँग छलफल गरेका थिए ।

बिहीबार साँझ चुनावी गठबन्धन ब्यूँताउने विषयमा छलफल गर्न तीन दलका नेताहरबीच छलफल भएपनि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । अव कांग्रेस र माओवादी केन्द्र, नेकपा एस र जसपालाई मिलाएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको हो ।

यो पनि पढ्नुहोस्

चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने

चार दलको बैठक सकियो, साँझ ५ बजे पुन: बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !