२६ मंसिर २०८१, बुधबार

मलेसियाबाट प्रहरी हिरासतमा रहेका रविलाई मुटु हल्लाउने मार्मिक पत्र


मलेसियाबाट कास्की प्रहरी हिरासतमा रहेका रविलाई मार्मिक पत्र

प्रिय रवि दाई,

यो पत्र म तपाईंसम्म पुगोस् भन्ने एक गहिरो इच्छासाथ लेख्दै छु । म उमेश प्रसाईं, मलेसियामा बसोबास गरिरहेको एक साधारण नेपाली युवा, जसको हृदयमा तपाईंले प्रज्वलित गरेको आशाको ज्योति बलिरहेको छ । तपाईंले गरेको योगदान र संघर्षले म लगायत लाखौं नेपालीलाई उर्जा र आशा दिएको छ । हामी जस्तै युवा जसले आफ्नो भविष्यको खोजीमा देश छाडेका छन्, तर पनि मनले आफ्नै माटोलाई प्रेम गर्नेहरूले तपाईंलाई एक असल नेताका रूपमा देखेका छन् । रवि दाई तपाईं अव एक आम नेतामा मात्र सिमित रहनु भएन तपाईं म जस्ता युवाको देश विकासको आशारुपी सपनाको जाज्वल्य अभियानको नेतृत्वकर्ता पनि हो ।

तपाईंले गरेको योगदान र संघर्षले म लगायत लाखौं नेपालीलाई उर्जा र आशा दिएको छ । हामी जस्तै युवा जसले आफ्नो भविष्यको खोजीमा देश छाडेका छन्, तर पनि मनले आफ्नै माटोलाई प्रेम गर्नेहरूले तपाईंलाई एक असल नेताका रूपमा देखेका छन् ।

देशको वर्तमान अवस्था र हामी नेपालीहरूको भावना तपाईंमाथि गरिएको अन्यायको विरुद्धमा बोलिरहेको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले तपाईंलाई जनताको पक्षमा सशक्त आवाजका रूपमा स्थापित गरायो । तपाईंले जनताको समस्या उठाउने मात्र नभएर, अन्याय र भ्रष्टाचारको जरो खोतल्ने प्रयास गर्नुभयो । तपाईंको यही साहस र सत्यको पक्षमा उभिने दृढताले आज तपाईं हरेक नेपालीको मनमा बस्न सफल हुनु भएको छ । तपाईंको निडर कर्म हेरेर केही काण्ड घटाएर तपाईंलाई फसाउन खोजियो तर तपाईंको पवित्रता र जनसागरको भावनाले त्यो कुचेष्ठालाई बिफल बनाएको थियो । हरेक मानिसको सपनाको दुनियाँ अमेरिकाको एक सफल जीवन त्यागेर, तपाईं नेपाल फर्कनुभयो र नेपाली जनताको सेवामा समर्पित हुनुभयो ।

रवि दाई तपाईं अव एक आम नेतामा मात्र सिमित रहनु भएन तपाईं म जस्ता युवाको देश विकासको आशारुपी सपनाको जाज्वल्य अभियानको नेतृत्वकर्ता पनि हो !

२०७९ असार ७ गते रास्वपाको स्थापनासंगै, जनताले तपाईंलाई ठूलो विश्वास र आशाका साथ संसदमा पठायो । राजनीति एक अभ्यास हो जसको लागि ठूलो मूल्य चुकाउदै उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेर तपाईंले देशको सुरक्षा, शान्ति र न्यायलाई मजबुत बनाउन थाल्नुभएको थियो । तर, तपाईंलाई राजनीतिक पूर्वाग्रहले थिच्न प्रयास गरियो । विभिन्न आरोपहरूमा तपाईंलाई मुछियो, जस्तो सहकारी ठगी काण्डमा गरिएको हालको प्रहार ।

महिनौं लगाएर एउटा राजनीतिक व्यक्तिमाथि राज्य संयन्त्रले गठन गरेको छानबिन समितिले गरेको खोज-अनुसन्धानबाट तपाईको सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्नता नभेटेपछि अनेकन प्रपन्च रच्दै फसाएर तपाईलाई हिरासतमा लानु प्रतिसोध हो । ठुला दलका ठुला नेता र केही प्रतिसोध राख्ने मान्छेको फर्जी इमेल काण्ड लगायतले पनि तपाईमाथि दुरासायीपूर्ण व्यवहार गरिएको प्रष्ट देखिन्छ । किन हो किन फिटिक्कै चित्त बुझेकै छैन, के नेपालमा साच्चिकै लोकतन्त्र छ त ?

रवि दाई, यो अन्याय र राजनीतिक प्रतिशोधको विरुद्धमा हामी देश-विदेशका नेपाली एकताबद्ध भएर उभिएका छौं । यो प्रहारमा भौतिक शरीर तपाईको रहेतापनि समग्र राष्ट्रभक्त सपुतहरुको मुटुमा भाला प्रहार गरेको छ । यसर्थ यो युद्ध केवल तपाईं र रास्वपाको मात्र हैन, हरेक इमानदार नेपालीको संघर्ष हो । तपाईंले नेपालको समृद्धि र स्वाभिमानका निम्ति गरेको योगदानको कदर गर्दै हामी तपाईंको साथमा हरेक पलमा छौं । सारा नेपालीको सपना र आस्था तपाईंसँगै जोडिएको छ रवि दाइ ।

अव सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीलाई यो सरकारको भ्रष्टाचार, बेथिति र प्रतिशोधकाबिरुद्ध एकजुट भएर, तपाईंका लागि न्यायको आवाज बुलन्द गर्न आह्वान गर्दछु । देशमा मौलाइरहेको यो भ्रष्टाचार र अन्यायलाई हामीले अब सहनु हुँदैन । विदेशमा रहेका हामी नेपाली पनि यो आन्दोलनमा हाम्रा हरेक सम्भावित अवस्थाबाट समर्थन दिन तयार छौं ।

तपाईंको नेतृत्वमा हामी सहकारी ठगी, भ्रष्टाचार, कालाधनको विरुद्ध संघर्ष गर्न तयार छौं । हाम्रो मुलुकमा हरेक नेपालीको भविष्य सुरक्षित गर्न, बेरोजगारी घटाउन, उत्पादनमा वृद्धि ल्याउन, शिक्षामा सुधार गर्न र देशलाई स्वाभिमानी बनाउन हामी सबै मिलेर तपाईंसँगै लड्नेछौं ।

रवि दाई, तपाईं हाल कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा हुनुले अत्यन्तै दुखी बनाएको छ । यी कुपात्रको कपटले तपाईलाई हिरासतमा पुर्यायो तर हामी सबै तपाईकै वरिपरि छौ । समस्त नेपाली चेलीहरुले भाईटिकाको दिन तपाईको लागि प्रार्थना गरिरहेका हुने छन् । तपाईंका आम समर्थकहरुले यी कपटीहरुको बिनाशको कामना गरिरहेका छन् । यो अन्याय हो दमन हो । यो बिषम समय समाप्त गर्न, हरेक नेपालीले एकजुट भएर यो आन्दोलनमा भाग लिनु आवश्यक छ । अब हामी सम्पुर्ण नेपाली जाग्नेछौ र यी कपटीहरुलाई झुकाउने छौ ।

अब, नेपालले फेरि तपाईंसँग ठूलो आशा राखेको छ । हामी तपाईंका साथमा हरेक पाइलामा रहनेछौं र यो अन्यायको जाललाई चिर्न कुनै कसर बाँकी राख्नेछैनौं । रवि दाइ, तपाईं सँगसँगै हिँड्दा हाम्रो विश्वास झन बलियो बन्छ । यो समृद्ध नेपालको सपना तपाईंले देखाउनुभएको बाटोमा हामी सबै लाग्ने छौं । तपाई प्रधानमन्त्री बनेको हेर्ने ठूलो धोको छ ।

जय देश ! जय मातृभूमि !

उही तपाईंकै भाई,
उमेश प्रसाईं
(मलेसिया)

*यो लेखमा प्रकाशित विचार र धारणा लेखकका निजी नितान्त हुन् ।

यो पनि पढ्नुहोस्

रास्वपा सभापति रवि लामिछानेलाई पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !