१४ बैशाख २०८१, शुक्रबार

म प्रधानमन्त्री हुनासाथ एसपीपीमा सहभागी हुन पत्र पठाउदा मलाई जानकारी दिइएन : केपी ओली


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुनासाथ अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा सहभागी हुन पत्र पठाउदा आफूलाई जानकारी नदिइएएको जिकिर गरेका छन् ।

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एसपीपीमा सामेल हुनका लागि तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइरालाले पत्र लेखेको दाबी गरेका हुन् ।

ओलीले २०७२ साल असोज ६ गते (सन् २०१५) संविधान जारी भएको ३ दिनपछि सरकारबाट हट्ने तय भइसकेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वाटरमा पठाएको बताए ।

ओलीले नेकपा एमालेसँग भएको सहमतिअनुसार सरकार सुम्पनुपर्ने प्रतिवद्धता अघि आइसकेपछि प्रधानमन्त्री र रक्षामन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतले निर्णय गरेको दावी गर्दै एसपीपीमा सहभागी हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गरेको सम्झाए ।

अध्यक्ष ओलीले आफूले निर्णय गरेको भनेर बाहिर हल्ला मात्र चलाइरहेको बताए । उनले ६ गते मन्त्रीस्तरिय निर्णय गरेर १३ गते सैनिक हेडक्वार्टर पठाइएको पाइएको बताए । उनले आफू प्रधानमन्त्री भएको १५ दिनपछि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एम्बासडरलाई पत्र लेखेको र आफूलाई जानकारी नदिइएको बताए ।

उनले नेपाली सेनाले अमेरिकी राजदूतलाई एसपीपीमा सहभागी हुन लेखेको पत्र गुपचुप नै राखिएको बताउनुका साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला २०७४ साल वैशाखमा फेरि पत्र लेखिएको दावी गरे ।

साथै उनले आफ्नो सरकारको बेला तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले इन्डोप्यासिफिकको कुरा उठाएपछि प्रदीप ज्ञवाली पराष्टमन्त्री र ईश्वर पोखरेल रक्षामन्त्री रहेका बेला छानबिन समिति गठन गरिएको बनाएको बताए ।

समितिले उपयुक्त नहुने बताएपछि सैन्य गठबन्धनमा सामेल नहुने भन्दै च्याप्टर क्लोज भएको स्पष्ट पारे । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाको क्याम्प बनाउने गरी बनाएको ड्राफ्ट कहाँबाट आयो भन्ने छलफल हुनुपर्ने बताए ।

यो पनि पढ्नुहोस्

ओली प्रधानमन्त्री भएकै बेला सेनाले एसपीपीमा सामेल हुन पत्र पठाएको खुलासा

सञ्चारमन्त्री कार्कीको जिकिर : एसपिपी सम्बन्धी कुनै निर्णय भएको छैन र हुँदैन

नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

ओली सरकारले एसपीपी सम्झौता गरेको प्रमाणित गरेर देखाउन प्रचण्डलाई एमालेको चुनौती

प्रचण्डको दावी : ओली सरकारले एसपीपी सम्झौता गरेको हो

अमेरिकी दूतावासले भन्यो- एसपीपीमा सहभागी हुन नेपालले दुईपटक अनुरोध गर्यो, हामीले स्वीकार गर्यौं

विश्वप्रकाशले भने- अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्विकार्य छैन

सहमति बिना कुनै पनि सम्झौतामा हस्ताक्षर हुँदैन : प्रधानमन्त्री देउवा

कानूनमन्त्रीको स्पष्टोक्ति : एसपिपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने दस्तावेज असत्य हो : अमेरिकी दूतावास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !