१४ बैशाख २०८१, शुक्रबार

ओली सरकारले एसपीपी सम्झौता गरेको प्रमाणित गरेर देखाउन प्रचण्डलाई एमालेको चुनौती


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौँ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको प्रमाणित गरेर देखाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिएको छ ।

आज प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा एसपीपी सम्झौता नभएको दावी गर्दै सोलाई रोक्ने कार्य भएको जिकिर गरेका छन् ।

प्रचण्डले आज कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै तत्कालिन ओली सरकारले अमेरिकासँग एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताएका थिए । उनले सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताएका थिए ।

पोखरेलले हिम्मत भए ओलीको पालामा एसपीपी सम्झौता भएको प्रस्तुत गर्न प्रचण्डलाई चुनौती दिए भने नभए क्षमा माग्नुपर्ने बताए । उनले हिम्मत भए गठबन्धनको सरकारले विगतमा के कस्ता कार्य एसपीपीका विषयमा भएका ती सबै सार्वजनिक गर्न आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डको दावी : ओली सरकारले एसपीपी सम्झौता गरेको हो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !