२४ बैशाख २०८१, सोमबार

ओली सरकार ढाल्न डटेर लडेका थापा र बन्दीलाई मन्त्री बन्न अफर !


शम्भु थापा र गोविन्द बन्दी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न डटेर लडेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा मन्त्री बन्न अफर आएको खुलेको छ ।

तर वरिष्ठ अधिवक्ता थापाले आफूले मन्त्री बन्न भनी आएको प्रस्ताव अस्वीकार गरेको बताएको बुझिएको छ । देउवा सरकार बनेलगत्तै मन्त्री बन्न प्रस्ताव आएपनि आफूले अस्वीकार गरेको उनको भनाइ रहेको छ । तर कसले उनलाई मन्त्री बन्न प्रस्ताव गर्यो भन्ने कुरा खुल्न सकेको छैन । यद्यपि माधव नेपालनिकट थापालाई उनैले प्रस्ताव गरेको हुनसक्ने अनुमानसम्म मात्र गर्न सकिन्छ ।

यस्तै अर्का अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाउने तयारी भएको भन्दै अहिले चर्चा-परिचर्चा भित्रभित्रै चलिरहेतापनि उनले पनि आफू मन्त्री नबन्ने भन्दै अस्वीकार गरिसकेको खुलेको छ ।

प्रधानमन्त्री देउवाले नागरिक समाजका अगुवाहरुबाट दुई जनालाई मन्त्री बनाउने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा देउवाले सहमति जनाएका हुन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका नागरिक समाजका अगुवाहरुमध्येबाट दुई जना स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाउने सत्तारुढ गठबन्धनमा आवद्व दलहरुबीच सहमति भएको हो ।

नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बनाए सकारात्मक सन्देश जाने भएपछि देउवाले यस्तो रणनीति अपनाएका हुन् । सत्तारुढ गठबन्धनका पाँच दलले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका हुन् ।

ओली सरकार ढाल्न सक्रिय भूमिका निर्वाह गरेका दुई जनाले मन्त्री मन्त्री उपहार पाउने भएका हुन् । गठबन्धनमा एक नेताका अनुसार आन्दोलनमा सक्रिय सहभागी नागरिक अगुवाबाट बनाउँने टुंगो लागेपनि कस-कसलाई बनाउँने भन्ने भने टुंगो लागी नसकेको उनले बताए ।

बालुवाटार स्रोत अनुसारले १/१ जना स्वतन्त्र व्यक्ति छनोट गरेर मन्त्रीका लागि सिफारिस गर्नेछन् । स्वतन्त्र नागरिक अगुवाबाट दुई जना मन्त्री बन्ने भएपछि ती दुई स्वतन्त्र नागरिकको अहिले खोजी भईरहेको छ ।

यो पनि पढ्नुहोस्

यी हुन् जसपा नेपालवाट मन्त्री बन्न लागेका सम्भावित अनुहारहरु

यी हुन् माओवादी केन्द्रवाट मन्त्री बन्न लागेका सांसदहरु

सत्ता गठबन्धन बैठक अनिश्चित भएसँगै मन्त्रिपरिषद् विस्तारमा विलम्व

आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून, दलहरुले बुझाएनन् मन्त्रीकाे नाम

देउवा सरकारमा नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बन्ने

यी हुन् नेकपा (एस) वाट मन्त्री बन्न लागेका सांसदहरु

अन्तत: अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा सहमति

नेपालले बुझाए प्रधानमन्त्री देउवालाई नेकपा (एस) वाट मन्त्री बन्नेहरुको नाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !