१९ बैशाख २०८१, बुधबार

नेपालले बुझाए प्रधानमन्त्री देउवालाई नेकपा (एस) वाट मन्त्री बन्नेहरुको नाम

यी हुन् नेकपा (एस)वाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरु


देउवाको सपथग्रहण

काठमाडौं । माधव कुमार नेपालको नेतृत्वमा रहेको दल नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । नेपालनिकट स्रोतका अनुसार अध्यक्ष नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

नेपालनिकट स्रोतका अनुसार हिजो आइतबार बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीको तर्फबाट मन्त्री बन्ने ५ जना सांसदको सूची बुझाएका हुन् ।

नेपालनिकट स्रोतका अनुसार नेकपा (एस) वाट देउवा सरकारमा मन्त्री बन्नेहरुमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ गरी ५ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै नेकपा (एस) वाट मन्त्री बन्नेमा किसान श्रेष्ठको चर्चा चलेको छ । उनी मन्त्री बनेमा उक्त पार्टीवाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको संख्या ६ जना पुग्नेछ । सम्भवत: खतिवडाको नेतृत्वमा नेकपा एस देउवा सरकारमा सहभागी हुने चर्चा चलेको छ ।

नेकपा (एस) वाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुमा प्रेम आले यसअघि तत्कालीन ओली सरकारमा वनमन्त्री भइसकेका सांसद हुन् । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

देउवा सरकारले राजनीतिक दलसम्‍बन्‍धी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए । अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन ।

सोको प्रयोजन सकिएकाले त्यसलाई निष्क्रिय भएसंगै अव प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न तातेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसंगै भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाले तयारी गरेका छन् ।

यो पनि पढ्नुहोस्

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक, अध्यादेश फिर्ता लिने तयारी

राष्ट्रपति भण्डारीद्वारा दल विभाजन सम्बन्धी ल्याइएको अध्यादेश खारेज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !