५ जेष्ठ २०८१, शनिबार

आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून, दलहरुले बुझाएनन् मन्त्रीकाे नाम


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजगरेसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भनिए तापनि सत्ता गठबन्धनका राजनीतिक दलहरुले प्रधानमन्त्री देउवालाई मन्त्रीकाे नाम अझसम्म नबुझाएकोले आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून रहेको छ ।

बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची आज प्रधानमन्त्री देउवालाई बुझाउन नसकेपछि मन्त्रिपरिषद् विस्तारमा बिलम्ब हुने भएको हो ।

प्रधानमन्त्री भएको अढाई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आम नागरिकको चर्को आलोचना खेपेका देउवाले मन्त्रिमण्डल विस्तार गर्न तातेका हुन् । सोमबार अध्यादेश खारेज भएपछि मंगलबार मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको थियो ।

बालुवाटार स्रोतले आज मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने संकेत गर्दै सम्भवत भोलि बुधबार मन्त्रिपरिषद विस्तार हुने प्रवल सम्भावना रहेको छ । यद्यपि सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्यामा भने सहमति भइसकेको छ ।

यो पनि पढ्नुहोस्

देउवा सरकारमा नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बन्ने

यी हुन् नेकपा (एस) वाट मन्त्री बन्न लागेका सांसदहरु

मन्त्रालय र मन्त्रीको भागबण्डा टुंगियो, कसले कति र कुन मन्त्रालय पाए ?

अन्तत: अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा सहमति

नेपालले बुझाए प्रधानमन्त्री देउवालाई नेकपा (एस) वाट मन्त्री बन्नेहरुको नाम

प्रधानमन्त्री देउवाले मागे मन्त्री बन्ने सांसदहरुको नाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !