८ जेष्ठ २०८१, मंगलबार

यी हुन् नेकपा (एस) वाट मन्त्री बन्न लागेका सांसदहरु


विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ र भवानी खापुङ

काठमाडौँ । माधव कुमार नेपालको नेतृत्वमा रहेको दल नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । नेपालनिकट स्रोतका अनुसार अध्यक्ष नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

नेपालनिकट स्रोतका अनुसार आइतबार बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीको तर्फबाट मन्त्री बन्ने ५ जना सांसदको सूची बुझाएका हुन् ।

नेपालनिकट स्रोतका अनुसार नेकपा (एस) वाट देउवा सरकारमा मन्त्री बन्नेहरुमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ गरी ५ जनाको नाम सिफारिस गरिएको छ ।

देउवा सरकारमा नेकपा (एस) ले ५ मन्त्रालय र १ राज्यमन्त्री दिनुपर्ने बताउँदै आएको छ । ५ जनाको टुंगो लागेपनि एकजना भने किसान श्रेष्ठ र भवानी खापुङमध्ये एकलाई पठाउने तयारी नेपालले गरेका छन् ।

यस्तै नेकपा (एस) वाट मन्त्री बन्नेमा किसान श्रेष्ठको चर्चा बढी चलेको छ । उनी मन्त्री बनेमा उक्त पार्टीवाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको संख्या ६ जना पुग्नेछ । सम्भवत: खतिवडाको नेतृत्वमा नेकपा एस देउवा सरकारमा सहभागी हुने चर्चा चलेको छ ।

नेकपा (एस) वाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुमा प्रेम आले यसअघि तत्कालीन ओली सरकारमा वनमन्त्री भइसकेका सांसद हुन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

देउवा सरकारले राजनीतिक दलसम्‍बन्‍धी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए । अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसंगै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाले तयारी गरेका छन् । मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।

देउवा सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबण्डाबारे सहमति भएको हो ।

यो पनि पढ्नुहोस्

मन्त्रालय र मन्त्रीको भागबण्डा टुंगियो, कसले कति र कुन मन्त्रालय पाए ?

अन्तत: अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा सहमति

नेपालले बुझाए प्रधानमन्त्री देउवालाई नेकपा (एस) वाट मन्त्री बन्नेहरुको नाम

प्रधानमन्त्री देउवाले मागे मन्त्री बन्ने सांसदहरुको नाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !