११ श्रावण २०८१, शुक्रबार

सदन खुलाउने विषयमा सभामुखले प्रधानमन्त्री र ओलीसंग छलफल गर्दै


सभामुख घिमिरेले गरे प्रमुख तीन दलका शीर्षनेतासँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गर्दै छन् ।

सभामुख घिमिरेले आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग सदन खुलाउने विषयमा संयुक्त छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले समय व्यवस्थापन भए कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

सहकारी प्रकरणबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग राख्दै आएको छ भने सत्ता पक्षले उक्त समिति आवश्यक नरहेको बताउदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !