२२ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धन बैठक अनिश्चित भएसँगै मन्त्रिपरिषद् विस्तारमा विलम्व


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने बारेमा निर्णय गर्न आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आज बैठक बसेर मन्त्रालय भागबण्डा मिलाउने र भोलि गठबन्धन दलले आ-आफ्नो पार्टीमा निर्णय गरी मन्त्रीहरूको नाम प्रधानमन्त्री देउवालाई दिने तयारी भएतापनि आज बैठक अनिश्चित भएसँगै मन्त्रिपरिषद् विस्तारमा विलम्व हुने देखिएको हो ।

यता प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीको आन्तरिक विवाद समाधान गर्न व्यस्त भएपछि अहिलेसम्म गठबन्धनको बैठक बोलाउने कुनै सम्भावना देखिएको छैन । काँग्रेसको प्रदेश नम्बर-२ का ८ जिल्लाको क्रियाशील विवाद थप बढ्दै जाँदा यसअघि छलफल गरेर बन्द गरिएका फाइलसमेत पुनः खोल्ने अवस्था निर्माण भएको छ ।

बालुवाटार स्रोतका अनुसार आज सम्भावना न्यून भएकोले भोलि बिहान बैठक बसेर भागबण्डा मिलाई मन्त्रिपरिषद् विस्तार बारेमा टुंगो लगाउने बताएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजगरेसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भनिए तापनि सत्ता गठबन्धनका राजनीतिक दलहरुले प्रधानमन्त्री देउवालाई मन्त्रीकाे नाम अझसम्म नबुझाएकोले आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून रहेको छ ।

बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची आज प्रधानमन्त्री देउवालाई बुझाउन नसकेपछि मन्त्रिपरिषद् विस्तारमा बिलम्ब हुने भएको हो ।

प्रधानमन्त्री भएको अढाई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आम नागरिकको चर्को आलोचना खेपेका देउवाले मन्त्रिमण्डल विस्तार गर्न तातेका हुन् । सोमबार अध्यादेश खारेज भएपछि मंगलबार मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको थियो ।

बालुवाटार स्रोतले आज मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने संकेत गर्दै सम्भवत: भोलि बुधबार मन्त्रिपरिषद विस्तार हुने प्रवल सम्भावना रहेको छ । यद्यपि सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्यामा भने सहमति भइसकेको छ ।

यो पनि पढ्नुहोस्

आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून, दलहरुले बुझाएनन् मन्त्रीकाे नाम

देउवा सरकारमा नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बन्ने

यी हुन् नेकपा (एस) वाट मन्त्री बन्न लागेका सांसदहरु

अन्तत: अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा सहमति

नेपालले बुझाए प्रधानमन्त्री देउवालाई नेकपा (एस) वाट मन्त्री बन्नेहरुको नाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !