२३ बैशाख २०८१, आइतबार

यी हुन् जसपा नेपालवाट मन्त्री बन्न लागेका सम्भावित अनुहारहरु


राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव

काठमाडौँ । सत्ता गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएको बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् ।

यादवले उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरेर आफैं देउवा सरकारमा जान चाहेर उपप्रधानमन्त्री दिन उनले सत्ता गठबन्धनका दल र प्रधानमन्त्री देउवासँग आग्रह गर्दै आएका थिए । तर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका क्रममा ठूला नेताहरुलाई छल्नका लागि उपप्रधानमन्त्री नराख्ने रणनीति अपनाएका छन् ।

राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जाने प्रबल सम्भावना रहेको छ । जसपावाट महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै भएको छ ।

एकीकृत समाजवादी र जसपाबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कसले लिने भन्ने मुख्य रस्साकसी चलेको तर कांग्रेस र माओवादी केन्द्रले भने दाबी छाडिसकेका छन् । भौतिक पूर्वाधार जसपालाई दिएर एकीकृत समाजवादीलाई सहरी विकास मन्त्रालय दिनेबारे छलफल भइरहेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसंगै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाले तयारी गरेका छन् । मन्त्रालयमा सत्ता गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।

सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबण्डाबारे सहमति भएको हो ।

यो पनि पढ्नुहोस्

यी हुन् माओवादी केन्द्रवाट मन्त्री बन्न लागेका सांसदहरु

सत्ता गठबन्धन बैठक अनिश्चित भएसँगै मन्त्रिपरिषद् विस्तारमा विलम्व

आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून, दलहरुले बुझाएनन् मन्त्रीकाे नाम

देउवा सरकारमा नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बन्ने

यी हुन् नेकपा (एस) वाट मन्त्री बन्न लागेका सांसदहरु

अन्तत: अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा सहमति

नेपालले बुझाए प्रधानमन्त्री देउवालाई नेकपा (एस) वाट मन्त्री बन्नेहरुको नाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !