५ जेष्ठ २०८१, शनिबार

जसपा फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई पुगे निर्वाचन आयोग


अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादव नेतृत्वको जसपासँग संघीय संसदमा १२ सांसदहरुमध्ये ७ सांसद लिएर राई निर्वाचन आयोग पुगेका हुन् । निर्वाचन आयोग पुग्ने सांसदहरुमा अशोक राई, नोबलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन् । जसपा अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !