२३ बैशाख २०८१, आइतबार

५० करोड डलरको एमसीसीमा के देशलाई दाउ हान्न मिल्छ ? : प्रकाण्ड

देउवा सरकारमाथि विप्लव माओवादीको गम्भीर प्रश्नचिन्ह !


प्रकाण्ड

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले ५० करोड डलरको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मा देशलाई दाउ हान्ने भनेर शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि गम्भीर प्रश्नचिन्ह उठाएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले संसदवाट एमसीसी पास भएमा देशभर आगो लागेर देश जल्ने चेतावनी दिए । उनले अहिले सरकार नै संसदवाट एमसीसी पारित गर्न नै पश्चिमा शक्तिको साठगाठको पृष्ठभूमिले बनेको आरोप लगाए ।

कडा सुरक्षाबीच भाद्र २४ गते बिहिबार एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा आएकी छन् । एमसीसी पारित गर्नका लागि माहोल बनाउन नेपाल आएकी उनले बिहिबारदेखि नै भेटवार्तालाई तीव्रता दिएकी छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फतिमावीच भेटवार्ता

एमसीसी उपाध्यक्ष फतिमाले सिंहदरबार पुगेर भेटिन् ऊर्जामन्त्री भुसाललाई

प्रचण्ड भेट्न खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष फतिमा सुमार

सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् माधव नेपाललाई

भीम रावलको आपत्ति : विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ?

एमसीसी उपाध्यक्ष सुमार र अध्यक्ष ओलीवीच भेटघाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !