१३ बैशाख २०८१, बिहिबार

एमसीसी उपाध्यक्ष फतिमाले सिंहदरबार पुगेर भेटिन् ऊर्जामन्त्री भुसाललाई


फतिमा सुमार र पम्फा भुसाल भेटघाट

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले सिंहदरबार पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई भेटेकी छन् ।

आज शुक्रबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा एमसिसी उपाध्यक्ष फतिमा र उर्जामन्त्री भुसालबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

भेटमा सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माण लगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदान स्वरूप अमेरिकाबाट प्राप्त हुने ५० अर्ब रूपैयाँ सहयोगको कार्यान्वयनको विषयमा छलफल भएको ऊर्जामन्त्री भुसालको सचिवालयले जनाएको छ ।

आजै मात्र एमसिसीकी उपाध्यक्ष फतिमाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको निवास खुमलटार पुगेर भेटेकी थिइन् ।

यसअघि हिजो नेकपा (एस) का अध्यक्ष नेपालले एमसिसीकी उपाध्यक्ष फतिमालाई आफ्नो घरमा नभेटी पार्टीको संसदीय दलको कार्यालयमा भेटेका थिए भने नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो निवासमै बोलाएर भेटेका थिए ।

यस्तै हिजै उनले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेकी थिइन् ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवाका अलावा अर्थमन्त्री जनार्दन शर्मासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड भेट्न खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष फतिमा सुमार

सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् माधव नेपाललाई

भीम रावलको आपत्ति : विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ?

एमसीसी उपाध्यक्ष सुमार र अध्यक्ष ओलीवीच भेटघाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !