१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फतिमावीच भेटवार्ता


प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फतिमावीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् ।

आज शुक्रबार बालुवाटारमा भएको शिष्टाचार भेटमा एमसिसी उपाध्यक्ष फतिमा र प्रधानमन्त्री देउवाबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

नेपालको भ्रमणमा रहेको उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो । एमसीसी पारित गर्नका लागि माहोल बनाउन नेपाल आएकी उनले हिजोदेखि नै भेटवार्तालाई तीव्रता दिएकी छन् ।

आजै मात्र एमसिसीकी उपाध्यक्ष फतिमाले सिंहदरबार पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई भेटेकी थिइन् । यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको निवास खुमलटार पुगेर भेटेकी थिइन् ।

यसअघि हिजो नेकपा (एस) का अध्यक्ष नेपालले एमसिसीकी उपाध्यक्ष फतिमालाई आफ्नो घरमा नभेटी पार्टीको संसदीय दलको कार्यालयमा भेटेका थिए भने नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो निवासमै बोलाएर भेटेका थिए ।

यस्तै हिजै उनले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेकी थिइन् ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवाका अलावा अर्थमन्त्री जनार्दन शर्मासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

यो पनि पढ्नुहोस्

एमसीसी उपाध्यक्ष फतिमाले सिंहदरबार पुगेर भेटिन् ऊर्जामन्त्री भुसाललाई

प्रचण्ड भेट्न खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष फतिमा सुमार

सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् माधव नेपाललाई

भीम रावलको आपत्ति : विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ?

एमसीसी उपाध्यक्ष सुमार र अध्यक्ष ओलीवीच भेटघाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !