१२ बैशाख २०८१, बुधबार

भीम रावलको आपत्ति : विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ?

एमसीसी विषयलाई लिएर एमालेमा पनि खटपट शुरु


भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नेपालीले नचाहेको एमसीसी अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ? भनेर आपत्ति जनाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै रावलले नेपालको संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने, सरकार परिवर्तन हुन लाग्दा त्यस्तै हुने हुँदाहुँदा नेपालीले नचाहेको एमसीसी अनुदान पनि लिनैपर्छ भनेर विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने परिपाटीको रावले खरो बिरोध गरेका हुन् ।

रावलले हे आमा ! नेपाली राजनीतिक दलका नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देउ भनेर कटाक्ष गरेका छन् । आजै मात्र नेपाल आइपुगेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले दिउसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोट पुगेर भेटेपछि रावलको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

यसरी नेता रावलले एमसीसी विषयलाई लिएर कडा आपत्ति जनाएसंगै प्रमुख प्रतिपक्षी दल एमालेमा पनि खटपट शुरु भएको हो । यसअघि एमसीसी विषयलाई लिएर सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) ले देउवा सरकारकै बिरोध जनाएपछि खटपट शुरु भएको थियो।

रावलले लेखेका छन्, ‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने,सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने,कस्तो विडम्बना ! हे आमा नेपाल नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देउ !’

भीम रावलको आपत्ति

यो पनि पढ्नुहोस्

संसदवाट एमसीसी पारित गर्ने बारेमा सत्तारूढ गठबन्धनका नेताबीच छलफल

एमसीसी उपाध्यक्ष र ओलीबीचको भेटवार्ता सकियो

एमसीसी उपाध्यक्ष सुमार र अध्यक्ष ओलीवीच भेटघाट

अन्तत: काठमाडौँ आइपुगिन् एमसिसीकी उपाध्यक्ष फतिमा सुमार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !