१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड भेट्न खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष फतिमा सुमार


फतिमा सुमार र प्रचण्ड भेट

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगेकी छन् ।

आज शुक्रबार बिहान पौने ८ बजेपछि प्रचण्ड भेट्न खुमलटार पुगेकी उनी र प्रचण्डवीच भेटवार्ता जारी रहेको छ । नेपालको भ्रमणमा रहेको उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको हो ।

अध्यक्ष प्रचण्ड एमसिसी परिमार्जनसहित अनुमोदन गर्ने पक्षमा जोड दिँदै आएका छन् । एमसीसी पारित गर्नका लागि माहोल बनाउन नेपाल आएकी उनले हिजोदेखि नै भेटवार्तालाई तीव्रता दिएकी छन् ।

प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने बुझिएको छ ।आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैछिन् ।

यसअघि हिजो नेकपा (एस) का अध्यक्ष नेपालले एमसिसीकी उपाध्यक्ष फतिमालाई आफ्नो घरमा नभेटी पार्टीको संसदीय दलको कार्यालयमा भेटेका थिए भने नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो निवासमै बोलाएर भेटेका थिए ।

यस्तै हिजै उनले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेकी थिइन् ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवाका अलावा अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

यो पनि पढ्नुहोस्

सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् माधव नेपाललाई

भीम रावलको आपत्ति : विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ?

एमसीसी उपाध्यक्ष सुमार र अध्यक्ष ओलीवीच भेटघाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !