१२ बैशाख २०८१, बुधबार

सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् माधव नेपाललाई


सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् माधव नेपाललाई

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले सिंहदरबारस्थित नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललाई भेटेकी छन् ।

यसरी नेकपा (एस) का अध्यक्ष नेपालले एमसिसीकी उपाध्यक्ष फतिमालाई आफ्नो घरमा नभेटी पार्टीको संसदीय दलको कार्यालयमा भेटेका छन् भने नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो निवासमै बोलाएर भेटेका थिए ।

उनीसहितको टोलीले अध्यक्ष नेपाल, नेकपा (एस) का नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग सिंहदरबारमा छलफल गरेकी हुन् । आज बिहीबार मात्रै नेपाल आइपुगेकी काठमाडौं आएकी सुमारले भेटवार्ता तीब्र बनाएकी छन् ।

नेकपा एमालेका नेता भीम रावलले नेपालीले नचाहेको एमसीसी अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ? भनेर आपत्ति जनाएका छन् ।

आजै मात्र नेपाल आइपुगेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले दिउसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोट पुगेर भेटेपछि रावलको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

यो पनि पढ्नुहोस्

भीम रावलको आपत्ति : विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ?

संसदवाट एमसीसी पारित गर्ने बारेमा सत्तारूढ गठबन्धनका नेताबीच छलफल

एमसीसी उपाध्यक्ष र ओलीबीचको भेटवार्ता सकियो

एमसीसी उपाध्यक्ष सुमार र अध्यक्ष ओलीवीच भेटघाट

अन्तत: काठमाडौँ आइपुगिन् एमसिसीकी उपाध्यक्ष फतिमा सुमार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !