२० बैशाख २०८१, बिहिबार

संसद विघटन प्रधानमन्त्री ओलीको अग्रमागी कदम : गृहमन्त्री थापा

संसद विघटन राजनीतिक ‘कू’ र प्रतिगमन रोक्ने प्रधानमन्त्रीको साहसिक कदम


रामबहादुर थापा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिक्रियावादीहरुको नेकपा विभाजन गराउने रणनीति सफल भएकाे बताएका छन् । उनले संसदमा बहुमत बनाएर अविश्वासको प्रस्ताव दर्ता गरी राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाएका छन् ।

ओली निकट काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयाेजित कार्यकर्ता भेलामा गृहमन्त्री समेत रहेका बादलले अहिले नेकपाकाे एउटा गुट अलग भएकाे बताएका छन् । उनले संसदले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोजेपछि प्रधानमन्त्रीले विघटन गरेको बताए । थापाले प्रधानमन्त्रीले संवैधानिक नभएर राजनीतिक कदम चालेको र त्यो निकै साहसिक कदम भएको दाबी गरे ।

उनले नेकपामा विग्रह आउनुको कारण ‘पावर सेयरिङ’ र सत्ता लोलुपता भएको बताउदै प्रधानमन्त्री ओलीलाई हटाउनको लागि अर्का अध्यक्षले कृत्रिम आरोप समेत लगाएको बताएका छन् । नेकपा विभाजित हुँदा प्रतिक्रियावादी खुसी भएका छन् । नेकपाकाे दुई तिहाइकाे संसद विघटन हुँदा पनि खुसी छन् । अब प्रतिगनका दिन आए भनेर सडकमा खुसी देखिको पनि बताएका छन् ।

पुरानाे संसद अस्थिरकाे माध्यमका रुपमा खडा भएकाेले यसकाे पुनःस्थापना आवश्यक नभई नयाँ संसदकाे स्थापना आवश्यक भएकोले निर्वाचनमा जाने निर्णय गरिएको बताए । पार्टीमा पदलाेलुपताले एउटा गुट अलग थापाले भएकाे बताए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीमाथि कृतिम आराेपपत्र दायर गरेर पार्टीलाई विभाजनको तहसम्म पुर्याएकाे आराेप समेत उनले लगाए ।

बादलले विभाजत नेकपा जाेड्न जनतामा जाने निर्णय गरिएकाे बताए । प्रतिक्रान्ति राेक्नका लागि जनताकाे सहयाेग आवश्यक रहेकाे पनि उनले बताए । संसदमा अविश्वासकाे राखेर प्रधानमन्त्रीमाथि राजनीति कू गर्न खाेज्दा संसद विघटन गरिएकाे उनले बताए । संसद विघटनकाे कदम अग्रमागी भएकाे भन्दै उनले यसले प्रतिगमनलाई राेकेकाे दावी गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा पुग्यो : उपप्रधानमन्त्री पोखरेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !