१९ बैशाख २०८१, बुधबार

ओलीको प्रचण्डलाई प्रश्न : म दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु, तपाईं तयार हो ?


नेकपा सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू पार्टी नेतृत्व त्याग्न तयार रहेको उल्लेख गर्दै दाहाललाई त्यसका लागि तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका छन् ।

उनले प्रचण्डले राखेको राजनीतिक प्रस्ताव खारेजको समेत माग गरेका छन् । ३८ पृष्ठको जवाफी पत्रमा अध्यक्ष ओलीले बुँदा-बुँदा लेखेका छन् । उनको प्रतिवेदनमा कुल ५३ बुँदामा कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिइएको छ । कतिपय बुँदामा प्रचण्डलाई चर्काचर्का प्रश्न गरिएको छ ।

जवाफको बुँदा २३ मा उनले भनेका छन्, ‘म आज खुल्ला आहृवान गर्न चाहन्छु – त्यागको यो सिलसिला आजै सुरु गरौं ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौं ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’ उनले चार महिनापछि पार्टीको महाधिवशेन हुन लागेको सन्दर्भ उल्लेख गर्दै लेखेका छन्- ‘मेरो मनमा एउटा गम्भीर प्रश्न छ – चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन ? दुई वर्षपछि आम निर्वाचन हुन्छ । मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप ? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीसँग लाखौं कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?’

यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले प्रस्तावमा आफूलाई लगाएका आरोप पुष्टि गर्न पनि चुनौती दिएका छन् । उनले भनेका छन्, ‘कि त आरोप पुष्टि गर्नुस् होइन भने परिणामको जवाफदेहिता लिन तयार हुनुहोस् ।’

यति धेरै आरोप र अभियोग लगाइ सकेपछि तपाईंले आफ्नो कथित प्रस्तावको अन्त्यमा मबाट फेरि ‘गम्भीर आत्मसमीक्षा’ र ‘आत्मालोचना’ को माग गरेका छन् । यदि यी आरोप सत्य हुन् भने, यति ‘गम्भीर अपराध’ गरेपछि पनि, ‘आत्मालोचना’ गरेर उम्किन पाइन्छ ? फेरि पनि मेरो तपाईंलाई चुनौती छ – कि यी आरोपहरु पुष्टि गर्नुस्, होइन भने परिणामको जवाफदेही लिन तयार हुनुस् ।’

यो पनि पढ्नुहोस्

प्रचण्डलाई ओलीको प्रश्न – यो स्वस्थ नीतिगत बहस हो कि वार कि पारको लडाइँ ?

तीन दशकसम्म नेतृत्व सम्हाल्नेले पदका लागि झगडा गर्नु उपयुक्त हुदैन : प्रधानमन्त्री ओली

प्रचण्डको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीको ५३ बुँदे जवाफी प्रतिवेदन (पूर्णपाठ)

नेकपाको बहुप्रतिक्षित सचिवालय बैठक सम्पन्न : यस्तो भयो निर्णय

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक जारी, होला त सहमति ?

ओलीले तयार पारे प्रचण्डले लगाएको आरोपको सवाल जवाफ : आजको सचिवालय बैठकमा के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !