१३ बैशाख २०८१, बिहिबार

नेकपाको बहुप्रतिक्षित सचिवालय बैठक सम्पन्न : यस्तो भयो निर्णय


नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे सुरु भएको बैठक ३ बजे सम्पन्न भएको हो ।

आजको बैठकमा बोल्ने सबैले पार्टीमा गम्भीर समस्या आएको तर पार्टी फुटको दिशामा नजाने निष्कर्ष निकालिएको बैठकमा उपस्थित एक सदस्यले बताए ।बैठकमा दुई अध्यक्ष, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमले बोलेका थिए ।

अर्को बैठक मंगलबार अर्थात् मंसिर १६ गते दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी आजको बैठक सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित रुपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदनलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रतिवेदनको जवाफको रुपमा व्याख्या गरिएको छ । प्रचण्डको प्रतिवेदनलाई ओलीले आरोप पत्रको संज्ञा दिएका थिए ।

प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र खाममा राखेर सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते मंगलबार दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए । पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले बैठकमा दुई अध्यक्षसहित नेताहरुले आफ्नो धारणा राखेको बताए ।

पार्टीलाई विभाजनतर्फ जान नहुनेमा नेताहरुले जोड दिएको प्रवक्ता श्रेष्ठले बताए । नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ गते र केन्द्रीय कमिटी बैठक मंसिर २५ गते बोलाइएको छ ।

गत मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई १० दिन चाहिने बताएका थिए । कात्तिक २८ को सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

यो पनि पढ्नुहोस्

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक जारी, होला त सहमति ?

ओलीले तयार पारे प्रचण्डले लगाएको आरोपको सवाल जवाफ : आजको सचिवालय बैठकमा के होला ?

प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ

सचिवालय बैठकमा महासचिव पौडेल भए आक्रोशित ल्याए आश्चर्यजनक प्रस्ताव

नेकपामा ओलीको प्रतीक्षा, आफूमाथि लगाइएको आरोप पुष्टि नभए प्रचण्डले अध्यक्ष पद छोड्नुपर्ने ओलीको चेतावनी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !