१४ बैशाख २०८१, शुक्रबार

तीन दशकसम्म नेतृत्व सम्हाल्नेले पदका लागि झगडा गर्नु उपयुक्त हुदैन : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दशकसम्म नेतृत्व सम्हालेका व्यक्तिले पदका लागि झगडा गर्नु उपयुक्त नहुने बताएका छन् । आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् ।

पार्टीमा दुई नम्बर बरियताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैली माथि प्रश्न गर्दै आरोप पत्र दायर गरेपछि प्रधानमन्त्री ओलीले उक्त आरोप पत्रको जवाफ दिन सचिवालय बैठक बसेको हो ।

साथै नेकपाको आगामी बैठकहरुमा सुशासन, स्थिरता र विकासका बारेमा छलफल गर्न समेत सचिवालय सदस्यलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । उनले प्रचण्डले राखेको राजनीतिक प्रस्ताव खारेजको समेत माग गरेका छन् ।

३८ पृष्ठको जवाफी पत्रमा अध्यक्ष ओलीले बुँदा-बुँदा लेखेका छन् । उनको प्रतिवेदनमा कुल ५३ बुँदामा कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिइएको छ । कतिपय बुँदामा प्रचण्डलाई चर्काचर्का प्रश्न गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई ओलीको प्रश्न – यो स्वस्थ नीतिगत बहस हो कि वार कि पारको लडाइँ ?

प्रचण्डको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीको ५३ बुँदे जवाफी प्रतिवेदन (पूर्णपाठ)

नेकपाको बहुप्रतिक्षित सचिवालय बैठक सम्पन्न : यस्तो भयो निर्णय

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक जारी, होला त सहमति ?

ओलीले तयार पारे प्रचण्डले लगाएको आरोपको सवाल जवाफ : आजको सचिवालय बैठकमा के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !